इटहरी । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनस्र्थापनाको लक्ष्य प्राप्त गर्ने गरी आन्दोलन गर्नु पर्ने निर्णय गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न केन्द्रीय परिसंघ गठन गरेको छ ।
पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।
अजय चापागाईं, बर्दिया । जिल्लाको गुलरिया नगरपालिका वडा नं. ७ बस्ने जय हरियाली अभियन्ता तथा संचारकर्मी कमल राज पौडेल देवकमल र अधिकारकर्मी मनिश गुप्ताले वन विनास गर्दै कालोपत्रे सडक बनाउने तयारी भइरहेको बताउँदै सरोकारवाला निकायहरुलाई धयानाकर्षण गराएका छन् ।
राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधन गर्न माग गरेका छन् ।
काठमाडौं । वित्तीय पीडितको आन्दोलनको क्रममा भएको धरपकड जनताविरोधी र दमनकारी चरित्र रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।
काठमाडौं । भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान चैत्र २७ गते नेपालद्वारा काठमाडौंमा आयोजना गरिएको तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कृषि मन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम) मा सहभागिता जनाउनको लागि चैत्र २६–२८ सम्म नेपालको औपचारिक भ्रमणमा रहेका छन् ।
राकेश यादव, रौतहट । जिल्लामा लगभग दिनहुँ आगलागी भइरहेका छन् । आगलागीबाट धनजनका क्षतिहरु हुँदै आएका छन् ।
सर्लाही । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीले मधेश प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा उर्दुलाई पनि बनाउनुपर्ने माग गरेका छन् ।
कैलाली । जानकी गाउँपालिका–५ अमौरास्थित सडकमा सु.प.प्र.०१–००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।
राकेश यादव, रौतहट । जिल्लामा पहिलो पटक प्रहरीले ठूलो मात्रामा हतियारसहित लागूऔषध गाँजाको साथै एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल–भारत सीमाको सुरक्षामा सघन सहकार्य गर्ने उद्देश्यले सर्लाही, महोत्तरी, रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायबिच संयुक्त बैठक सम्पन्न भएको छ ।
काठमाडौं । शिक्षकहरुको जारी आन्दोलनमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले समर्थन जनाएको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनरत् शिक्षकहरुको न्यायोचित माग वार्तामार्फत् अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्ष सहित सिंहदरबार घेराउ गर्ने निर्णय आजपाले गरेको छ ।
काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवद्र्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले शिक्षकहरूको न्यायोचित मागहरू पूरा गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत केही दिनदेखि आन्दोलनरत् शिक्षकहरुसँग तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
सप्तरी । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आइतबार शारीरिक रूपमा अशक्त भई कष्टकर जीवन बिताउन बाध्य २५ जनालाई ह्वीलचेयर वितरण गरेका छन् ।
पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिका–२ लमरियामा सडक र नालाको शिलान्यास गरेका छन् ।