राकेश यादव, रौतहट । विगत लामो समयदेखि अधिग्रहणको विषयमा विवादित रहेको रौतहट जिल्लाको सदरमुकाम गौरको मध्य भागमा रहेको गौर राइस मिलको झन्झट समाप्त भएको छ ।

ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताएका छन् ।

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा बसेको छ ।

दाङ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ ।

काठमाडौं । श्रमिक तथा मजदुरमैत्री वातावराणका लागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ बुँदे मागसहतिको ज्ञापन पत्र बुझाएको छ ।

राकेश यादव, रौतहट । जिल्लामा विगतको तुलनामा अपराधको घटनामा कमी आएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेको १० महिनाको कार्यकालमा गएको साउनदेखि माघ मसान्तसम्ममा समग्र रुपमा अपराधका घटनामा ३० प्रतिशतले कमी आएको हो ।

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी नेकपा एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् ।

काठमाडौं । नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक र मधेश प्रदेश समन्वय समितिको बैठक अर्को साता महोत्तरीको बर्दिवासमा बस्ने भएको छ ।

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् ।

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा इटहरीमा एक दिवसीय सद्भावना सम्मेलन – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलनको समर्थनमा जनकचौकमा कोणसभाको आयोजना गरिएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

जनकपुरधाम । स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता वृद्धि गर्नुपर्ने चुनौतीसँग जुझिरहेको मधेश प्रदेशका अधिकांश निजी अस्पताल अवैध तथा अनाधिकृत रूपमा सञ्चालनमा छन् ।

जनकपुरधाम । ग्यालेक्सी हायर सेकेण्ड्री बोर्डिङ्ग स्कुलको ३४औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि तथा शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यालयलाई बधाई दिँदै विद्यालय परिवारको उच्च प्रशंसा गरेकी छन् ।

सप्तरी । रूपनगर क्याम्पसले आयोजना गरेको 'नन्दराज कप' फूटबल प्रतियोगिता महुली क्लबले जित्यो।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट संघीय कानून व्यवसायी संघ (एफएलए) केन्द्रीय कार्यसमिति पुनर्गठन भएको छ ।

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा हेल्पडेस्क सञ्चालन गरिएको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्तिलाई सफल बनाउनका लागि समान धारणा र विचार मिल्ने पार्टी, संगठनहरुसँग मोर्चाबन्दी गर्ने बताएका छन् ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम दिन प्राचिन खेल दंगल (कुस्ती) कार्यक्रमसँगै सम्पन्न भएको छ ।

काठमाडौं १५, फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

काठमाडौं । प्रतिनिधिसभाअन्तरगतको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताएका छन् ।

ट्रेन्डिङ