10/28/2020

काठमाडौं, १२ कार्तिक । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा तथा नेकपाका २ नम्बर प्रदेश कमिटी सदस्य ६९ वर्षीय मानपुर चौधरीको कोरोना भाइरसको संक्रमणका कारण निधन हुँदा आफू दुःखी भएको बताएका छन् ।

10/28/2020

गौर, १२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् ।

10/28/2020

वीरगन्ज, १२ कार्तिक । सत्तारूढ नेकपाका विन्दवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाही माग गर्दै पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् ।

10/28/2020

काठमाडौं, १२ कार्तिक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयल नेपाल सरकार, परराष्ट्र मन्त्रालयको जानकारी तथा स्विकृतिमा नेपाल आएको स्पष्ट पारेका छन् ।

10/28/2020

नेपालगन्ज, १२ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग कोरोना भाइरसबाट संक्रमित भएका छन् । जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्यांग्जाबाट बाँकेमा सरुवा हुनु भएका प्रजिअ कुरुम्वांग कोभिड १९ को महामारी नियन्त्रणका लागि दिनरात नभनी आफै सबैैतिर खटिएका थिए ।

10/28/2020

काठमाडौं, १२ कार्तिक । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।

10/28/2020

सप्तरी, १२ कार्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ८ मा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

10/28/2020

राजविराज, १२ कार्तिक । नेकपाका नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको मङ्गलबार निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

10/28/2020

जनकपुधाम, १२ कार्तिक । प्रदेश लोकसेवा आयोगलाई प्रदेश २ को मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएपछि प्रदेश प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ ।

10/28/2020

जनकपुधाम, १२ कार्तिक । प्रहरी समायोजनको विषयलाई लिएर प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । प्रहरी समायोजनाको प्रक्रिया सुरु नगर्दै संघीय सरकारले संविधानको मर्ममविपरीत प्रहरी भर्नाको सूचना आह्वान गरेको भन्दै प्रदेश २ सरकारले त्यसविरुद्ध अदालत जाने तयारी गरेको हो ।

10/28/2020

काठमाडौं, १२ कार्तिक । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका छन् । उनले दसैंले नेपालीहरुको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामना गरेका छन् ।

10/28/2020

सप्तरी, १२ कार्तिक । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।

10/28/2020

वीरगन्ज, १२ कार्तिक । पर्साको विन्दवासीनी गाउँपालिकामा बिहीबार नेकपाको दुई गुटबीच भएको झडपमा घाइते भएका एक नेताको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जको पानीटयाङकीस्थित एलएस न्युरो अस्पतालमा उपचाररत नेकपाका गाउँ कमिटी सचिव मुकेश चौरसीयाको मृत्यु भएको हो ।

10/28/2020

सिरहा, १२ कार्तिक । सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा पाँचजना श्रेष्ठ दाजुभाइले दिवंगत आमाबाबुको स्मृतिमा अस्पताल र असहाय वृद्ध सेवा सदनका लागि करिब नौ करोड मूल्य पर्ने २३ कट्ठा जग्गा दान गरेका छन् ।

10/28/2020

कपिलवस्तु, ११ कार्तिक । कपिलवस्तु जिल्लामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

10/28/2020

रुपन्देही, ११ कार्तिक । रोहिणी गाउँपालिका–३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका-३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृत्यु भएको छ ।

10/28/2020

पर्सा, ९ कार्तिक । बीरगंज महानगरपालिका–१६ नगवाचोकस्थित सडकमा ना.३ ख ९४२८ नम्बरको टिपर, अनटेष्ट लेखेको ट्याक्टर र सोही स्थान बस्ने ३२ वर्षीय गौरी शंकर मिश्राले चलाएको साईकल आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्री गौरी शंकर मिश्राको मृत्यु भएको छ ।

10/28/2020

कपिलवस्तु, ८ कार्तिक । महाराजगञ्ज नगरपालिका–५ इट्रोलस्थित मठ्ठखनौवा पोखरीमा डुबेर शनिबार बिहान २ जनाको मृत्यु भएको छ ।

10/28/2020

दाङ, ८ कार्तिक । बंगलाचुली गाउँपालिका–२ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

10/28/2020

सर्लाही, ८ कार्तिक । स्थायी राजधानी सर्लाही संघर्ष समितिको आयोजनमा "प्रदेश २ को मध्य भूभाग सर्लाहीमा राजधानीको सम्भावना, चुनौती र तपाई-हाम्रो भूमिका" विषयक सर्वपक्षीय सर्वदलीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

10/27/2020

वीरगन्ज, ८ कार्तिक । वीरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा प्रदेश सांसद रमेश प्रसाद कुर्मीले संसदीय कोषको २० लाख रुपैयाँको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन गरेका छन् ।

10/27/2020

वीरगन्ज, ७ कार्तिक । वीरगंज महानगरपालिका वडा नं.१० निवासी बबिता तिवारीको घरमा चोरी भएको भन्दै आफ्नै छोरा राजन तिवारीसहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी सम्सान घाटमा रहेको अस्थायी प्रहरी चेकपोष्टमा दिएकी छिन् ।

10/22/2020

काठमाडौं, ६ कात्तिक । सरकारले सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले अब्जरभेजन फोर्स(बीओपी) स्थापनामा तीव्रता दिएको छ ।

10/22/2020

राजविराज, ६ कात्तिक । थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली झल्काउने उद्देश्यले सप्तरीको कञ्चनरूपमा थारू सांस्कृतिक संग्रहालय...

10/22/2020

काठमाडौं, ६ कात्तिक । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हरेक प्रदेशमा कृषिको राष्ट्रिय गौरवको एउटा आयोजना बनाउने बताएका छन् ।

ट्रेन्डिङ