कैलाली, २३ कार्तिक । कैलाली जिल्लाको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् ।
महोत्तरी, २३ कार्तिक । चाडपर्वको बेला आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै महोत्तरीमा प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ । वडादशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको हो ।
काठमाडौं, २२ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले अवैध मालसामान पक्राउ गरेवापत प्रहरी वा कर्मचारीलाई प्रोत्साहनस्वरुप दिइने कमिसनको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।
रौतहट, २२ कार्तिक । कोरोना महामारीको जोखिम बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २१ गते राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।
कैलाली, २१ कार्तिक । काठमाडौंबाट नेपालको सुदूरपश्चिम अर्थात् धनगढी पुग्दा धेरैजसो उद्योगी व्यवसायीको एउटै गुनासो थियोः “हामीले धेरै व्यक्तिलाई भोट दिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनायौं तर आफ्ना समस्या सम्बोधन गर्ने नेतृत्व पाएनौं ।”
काठमाडौं, २१ कार्तिक । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ सय ६० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
काडमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं, २१ कार्तिक । भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे साथै नेपाल भ्रमणमा रहनु भएकी भारतीय सेनाको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती विना नरवणेले जंगी ...
सप्तरी, २१ कार्तिक । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।
काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ ।
काठमाडौं, २१ कार्तिक । नेपाल चाइना चेम्बर अफ कमर्सले नेपाल–चीन व्यापारिक नाकामा देखिएको अवरोधले व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको बताएको छ ।
वीरगन्ज, २१ कार्तिक । वीरगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरिएको छ ।
राजविराज, २१ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सुरु भएको छ ।
काठमाडौं, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छन् ।
काठमाडौं, २० कार्तिक । भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ ।
काठमाडौं, २० कार्तिक । नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।
काठमाडौं, २० कार्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेलाई नेपालमा निर्मित एक लाख थान मास्क र गौतम बुद्धको प्रतिमा उपहार दिएका छन् ।
काठमाडौं, २० कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गर्ने भएका छन् ।
काठमाडौं, २० कार्तिक । संघीय सरकारले क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्च अदालतमा एकै दिन दुई वटा रिट दायर भएको छ ।
काठमाडौं, २० कार्तिक । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले बिहीबार एक विशेष समारोहमा टुडिखेलस्थित सैनिकमञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी शहीदहरुप्रति श्रद्घान्जली अर्पण गरेका छन् ।
धनगढी, २० कात्तिक । कैलालीमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।
वीरगन्ज, १९ कार्तिक । सुरक्षित पठन पाठनका लागि सामुदायिक विद्यालयहरूमा मास्क र सेनिटाईजर वितरण कार्य जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुरु गरेका छन् ।
बाँके, १९ कार्तिक । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १९ कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । तीनदिने भ्रमणका लागि नेपाल आइपुगेका सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विमानमार्फत उनी काठमाडौं आइपुगेका छन् ।