10/31/2020

बारा, १६ कार्तिक । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माणमा ढिलासुस्तीविरुद्ध बाराका स्थानीय प्रदर्शनमा उत्रिएका छन् । व्यापारिक सडक योजना अन्तर्गत सिमरा–जितपुर खण्डमा काम सुस्त छ ।

10/31/2020

रौतहट, १६ कार्तिक । हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ ।

10/31/2020

राजविराज, १६ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । नगर प्रमुख बसन्तकुमार मिश्रले उद्घाटन गरे । कञ्चनरूप नगरपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पताल निर्माण गरिएको हो ।

10/31/2020

महोत्तरी, १५ कार्तिक । महोत्तरीको मनरासिस्वा–६ स्थित बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार ३ लाख ३२ हजार ९ सय ६० नगदसहित पक्राउ गरेको छ ।

10/31/2020

महोत्तरी, १५ कार्तिक । करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ ।

10/31/2020

वीरगञ्ज, १५ कार्तिक । पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ ।

10/31/2020

रुपन्देही, १५ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् ।

10/30/2020

काठमाडौं, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहेको प्रदेश २ मा नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ ।

10/30/2020

काठमाडौं, १४ कार्तिक । जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनपछि नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता भएको छ ।

10/30/2020

बाँके, १४ कार्तिक । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगन्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ ।

10/30/2020

बारा, १४ कार्तिक । बाराको सीमावर्ती सुवर्ण गाउँपालिका–२ कवही गोठ बजारमा बुधबार राति भएको प्रहरी र स्थानीयबीच झडपको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाराले छानबिन समिति गठन गरेको छ ।

10/30/2020

रौतहट, १४ कार्तिक । नेकपाका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टीले बहुरुपिया र जनतालाई ठगीरहेको आरोप लगाएका छन् ।

10/30/2020

नेपालगञ्ज, १४ कार्तिक । बाँकेको डुडुवा गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नयाँ आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्तर्गत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण सुरु गरिएको हो ।

10/29/2020

जनकपुरधाम, १३ कार्तिक । बाँकी तलब तथा संचय कोषको रकम नदिएको भन्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले प्रशासन शाखामा लगाएको ताल्चा प्रहरीले फोडेको छ ।

10/29/2020

नेपालगञ्ज, १३ कार्तिक । बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले उत्पादन गरेको चल्लाको माग बाँके लगायत यस देशभरकै विभिन्न जिल्लामा अत्यधिक रहेको फार्मले जनाएको छ ।

10/29/2020

सप्तरी, १३ कार्तिक । कोरोना भाइरसको संक्रमणका कारण सप्तरीको सप्तकोशी नगरपालिकाले एक हप्तासम्मका लागि कार्यालय तथा मातहतका वडा कार्यालय बन्द गर्नाका साथै वडा नम्बर १० र ११ लाई पूर्ण रुपमा लकडाउन तथा सिल गरेको छ ।

10/29/2020

सिरहा, १३ कार्तिक । ऐतिहासिक महत्वको राजा सलहेश गहबर क्षेत्रमा राजा सलहेशको दरबार बनाउने कार्य सुरु भएको छ । सिराहाको सदरमुकाम सिराहामा रहेको सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण पुराना मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु गरिएको हो ।

10/29/2020

सिरहा, १३ कार्तिक । कोरोना संक्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिराहाको लहान क्षेत्रमा आर्थिक वर्ष ०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ ।

10/29/2020

रौतहट, १३ कार्तिक । रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झाले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति रौतहटमा तीव्र आलोचना हुन थालेका छन् ।

10/29/2020

रौतहट, १३ कार्तिक । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका निर्वाचन प्रमुख अनिल कुमार झाले विवादित अभिव्यक्ति दिएका छन् ।

10/29/2020

रुपन्देही, १३ कार्तिक । मुलुकमा निर्माण भएका प्रायः सबै विद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । पहाडी क्षेत्रमा निर्मित आयोजनाले तराई क्षेत्रको विद्युतको अधिकांश माग धानेको छ ।

10/29/2020

नेपालगन्ज, १३ कार्तिक । बाँके जिल्लामा पछिल्ला दिनहरुमा कोरोनामुक्त भएर घर जानेहरु बढ्दै गएका छन् । अब २९६ जना संक्रमित मात्रै निको हुन बाँकी छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधवार पनि १८ जना संक्रमणमुक्त भै घर फर्किएका हुन ।

10/29/2020

बारा, १३ कार्तिक । प्रहरी र तस्करबीच झडप हुँदा बारमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ टोल भएर बुधबार राती भारतबाट आठ बोरा प्याज नेपाल भित्रयाउँदै गरेको अवस्थामा पक्राउ गरि जिल्लाबाट गाडी बोलाएर पठाएको बिरोध भइ झडप भएको हो ।

10/29/2020

सर्लाही, १३ कार्तिक । सर्लाहीको जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो ।

10/29/2020

महोत्तरी, १३ कार्तिक । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।

ट्रेन्डिङ