6/21/2020

काठमाडौं, ७ असार । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने दाबी गरेका छन् ।

6/21/2020

सिरहा, ७ असार । सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राखिएको छ ।

6/21/2020

काठमाडौं, ७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसद तथा स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नै पार्टीको निर्णयप्रति विरोध जनाएका छन् ।

6/21/2020

काठमाडौं, ७ असार । छिमेकी राष्ट्रहरु भारत र चीनबीच रहेको सीमामा तनावबारे जनता समाजवादी पार्टी नेपालले एक विज्ञप्ति जारी गरी यो सम्पूर्ण क्षेत्रको लागि चिन्ता र चासोकोे विषय रहेको जनाएको छ ।

6/21/2020

काठमाडौं, ७ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास भए ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ ।

6/21/2020

काठमाडौं, ७ असार । नेपालले दुई छिमेकी मुलुक भारत र चीनबीचको विवादलाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाब दिएको छ ।

6/21/2020

काठमाडौं, ७ असार । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।

6/21/2020

जनकपुरधाम, ७ असार । नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने गरी सत्तारूढ नेकपाले गरेको निर्णयलाई लिएर प्रदेश २ को प्रदेश सभामा विरोध भएको छ ।

6/21/2020

काठमाडौं, ७ असार । राज्य व्यवस्था तथा सुशासन समितिले संसद्मा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयकको विरोधमा आन्दोलनका लागि एकजुट हुन डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको छ ।

6/21/2020

महोत्तरी, ७ असार । बर्दिवास नगरपालिका–३ पाटु डाँडास्थित सडकमा बर्दिवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.३० प ४०३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक बर्दिवास नगरपालिका–१ बस्ने २५ वर्षीय राजिव महतको मृत्यु भएको छ ।

6/21/2020

बाँके, ७ असार । राप्ती सोनारी गाउँपालिका–२ गौशालास्थित राप्ती नदीमा फसेका सोही गाउँपालिका–२ राजपुर बस्ने ३५ वर्षीय गम बहादुर पुनसहित ६ जनाको शनिबार राति प्रहरीले सकुशल उद्धार गरेको छ ।

6/21/2020

काठमाडौं, ७ असार । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले निर्माणाधिन मन्त्री निवासको निरिक्षण गरेका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत सैबु भैसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिबार स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।

6/20/2020

काठमाडौं, ७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता पाउँने गरेको निर्णय प्रति जनता समाजवादी पार्टी (जसपा) ले कडा आपत्ति जनाएको छ ।

6/20/2020

काठमाडौं, ७ असार । नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश २ ले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय सच्याउन माग गरेको छ ।

6/20/2020

काठमाडौं, ६ असार । लामो समयदेखि बहस हुँदै आएको नागरिकतासम्बन्धी विधेयकबारे नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने गरेको निर्णय प्रति प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गरेको छ ।

6/20/2020

बारा, ६ असार । धुवाँधुलोको कारण श्वासप्रश्वास समस्याको जोखिममा रहेका नगर क्षेत्रका गृहिणीलाई जोगाउन तथा नगरक्षेत्रको प्रदूषण नियन्त्रण गर्न बाराको महागढीमाई नगरपालिकाले अभियान सञ्चालन गरेको छ ।

6/20/2020

काठमाडौं, ६ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहो¥याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन् ।

6/20/2020

काठमाडौं, ६ असार । राज्य विप्लवको मुद्दा खेपिरहेका डा.सीके राउतले सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र मीराकुमारी खड्काको इजलासले राउतसहित १६ जनालाई सफाइ दिएको हो ।

6/20/2020

काठमाडौं, ६ असार । भारतले नेपालतर्फ सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारीहरू नै सीमावर्ती क्षेत्रमा बाक्लो रूपमा निरीक्षणमा आउन थालेका हुन् । एसएसबीले गस्ती पनि यसअघिको तुलनामा बढाउँदै लगेको छ ।

6/20/2020

राजविराज, ६ असार । लकडाउनको सदुपयोग गर्दै राजदेवी युवा समाजले राजदेवी मन्दिरमा सरसफाई तथा वृक्षारोपन गरेको छ ।

6/19/2020

राजविराज, ६ असार । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक स्वास्थ्यकर्मी दम्पत्तिले मास्क, सेनिटाइजर र ग्लब्स सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का कार्यालयमा उपलब्ध गराएको छ ।

6/19/2020

कपिलवस्तु, ६ आसार । वैज्ञानिक बन व्यवस्थापनमा अव्वल गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिको नमुना योजनाहरु शुरु गरेको छ ।

6/19/2020

वीरगन्ज, ५ असार । प्रदेश २ को प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नो एक महिनाको तलब वीरगन्ज महानगरपालिकालाई सहयोग गरेका छन् ।

6/19/2020

काठमाडौं, ५ असार । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको त्रिदेशीय नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । व्यास क्षेत्रमा वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनासँगै त्यहाँको सुरक्षा व्यवस्था बलियो भएको हो ।

6/19/2020

काठमाडौं, ५ असार । भारत–चीन सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सीमा सुरक्षा बलबीच हिंसात्मक झडपपछि भारतले लिपुलेक र नाबिढाङ क्षेत्रमा पनि सुरक्षा बढाएको छ ।

ट्रेन्डिङ