6/16/2020

काठमाडौं, ३ असार । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

6/16/2020

जनकपुरधाम, २ असार । प्रदेश २ सरकारले मधेश सहिद राजमार्गको अवधारणा अघि सारेको छ । सप्तरीदेखि पर्सासम्मको सडकलाई मधेश सहिद राजमार्ग बनाउन विस्तृत परियोजना प्रतिवेदन आगामी वर्ष तयार गर्ने प्रदेश २ सरकारले सोमबार जारी गरेको बजेट वक्तव्यमा भनिएको छ ।

6/16/2020

काठमाडौं, २ असार । आधुनिक इतिहासमा पहिलोपटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार सऊदी अरबले कोरोना संक्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ ।

6/16/2020

महोत्तरी, २ असार । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार जलेश्वरस्थित जिल्ला आयुर्वेद औषधालयबाट लाखौं मूल्य बराबरको म्याद सकिएको औषधि बरामद गरेको छ ।

6/16/2020

नयाँदिल्ली, २ असार । नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी भएको बताएका छन् । सिंहले सीमा विवाद पुरानो भए पनि गत नोभेम्बरमै नेपालले यो मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएकोमा समेत आश्चर्यप्रकट गरेका छन् ।

6/16/2020

काठमाडौँ, २ असार । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले सीमा विवादका बारेमा नेपालसँग भारतले वार्ता गर्ने यो सही समय नभएको बताएका छन् ।

6/15/2020

काठमाडौं, १ असार । पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारत सरकारले तीन करोड ७२ लाख ३० हजार नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

6/15/2020

गोरखा, १ जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नक्सामा समेटिएको नेपाली भूमिको भोगाधिकार फिर्ता लिन भारतसँग क्षमता र कौशल प्रयोग गरेर वार्ता गर्नुपर्ने बताएका छन् ।

6/15/2020

काठमाडौं, १ असार । भारतले लकडाउनको अवस्था रहे पनि नेपालका लागि सामान आपूर्तिमा अवरोध नभएको स्पष्ट पारेको छ ।

6/15/2020

काठमाडौं, १ असार । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो ।

6/15/2020

काठमाडौं, १ असार । भारतकम रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै हुने स्पष्ट गरेका छन् ।

6/15/2020

पर्सा, १ असार । अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब २ लाख ६७ हजार ५ सय १ रुपैयाँ मूल्य बराबरका ९ वटा भैसीसहित वीरगञ्ज महानगरपालिका–२७ घुर्मी घर भएका ३५ वर्षीय कामेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

6/15/2020

कैलाली, १ असार । गौरीगंगा नगरपालिका–६ स्थित सोही स्थान बस्ने २१ वर्षीय दिपक खड्काको धारिलो हतियार हँसिया प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

6/15/2020

कैलाली, १ असार । लम्कीचुहा नगरपालिका–१ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकी ३१ वर्षीया महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/15/2020

सर्लाही, १ असार । लालबन्दी नगरपालिका–१ लखनदेही खोलाबाट करिब १० किलो अबैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।

6/15/2020

काठमाडौं, १ असार । प्रदेश २ को बजेट आज सार्वजनिक हुँदैछ । कोरोना महामारीकै कारण यसपटक प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य केन्द्रित बजेट ल्याउन लागेको हो । बजेट आज साँझ पाँच बजे प्रस्तुत हुनेछ ।

6/14/2020

सर्लाही, ३२ जेठ । जिल्लाको रामनगर गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ ।

6/14/2020

काठमाडौं, ३२ जेठ । भारतीय अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता लम्ब्याउन भारतले राखेको वार्ताको प्रस्तावलाई बेवास्ता गर्दै नयाँ नक्सा जारी गरेको समाचार प्रकाशित गरेको छ ।

6/14/2020

काठमाडौं, ३२ जेठ । नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले त्यस दिनलाई नेपाल–भारत सम्बन्धको दुःखद दिन भएको टिप्पणी गरेको छ ।

6/14/2020

जनकपुरधाम, ३२ जेठ । प्रदेश २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ ।

6/14/2020

काठमाडौं, ३२ जेठ । भारतले नेपालमाथि सीमा मामलामा वार्ताका लागि हालैको समझदारी उल्लंघन गरेको आरोप लगाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन नेपालका तर्फबाट तत्परता हुनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ ।

6/14/2020

काठमाडौं, ३२ जेठ । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ नक्सासहितको संविधान सर्वसम्मतले पातिर भएको विषय नेपालीको निम्ति गर्वको विषय भएको टिप्पणी गरेका छन् ।

6/14/2020

काठमाडौं, ३२ जेठ । भारतको राज्य सभाका सांसद तथा भारतीय जनता पार्टी (भाजपा)का नेता सुव्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध बिग्रिनुलाई भारतको कूटनीतिक असफलता भएको बताएका छन् ।

6/14/2020

नवलपरासी, ३२ जेठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको जीप दुर्घटनामा मृत्यु भएको छ ।

6/14/2020

कैलाली, ३२ जेठ । जिल्लाको कैलारी गाउँपालिका ७ हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु भएको छ ।

ट्रेन्डिङ