6/24/2020

काठमाडौं, १० असार । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएको छ ।

6/24/2020

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाइ बुधबार पक्राउ गरेको छ ।

6/24/2020

जनकपुरधाम, १० असार । जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक विवादित बनेको छ । स्थानीय तह सञ्चालन ऐन विपरीत नगरसभा गर्न खोजेको भन्दै वडाध्यक्षसहितका कार्यापालिका सदस्यहरुले विरोध गरेका छन् ।

6/24/2020

काठमाडौं, १० असार । विदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै रौतहट र सप्तरीमा प्रदर्शन भएको छ ।

6/24/2020

विराटनगर, १० असार । विराटनगर महानगरपलिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

6/24/2020

सप्तरी, १० असार । तिलाठी कोइलाडी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल बजेट ३८ करोड ५३ लाख २४ हजार ५६० रुपैयाँ सार्वजनिक गरेको छ ।

6/24/2020

काठमाडौं, १० असार । गोरखा जिल्लाको एउटा गाउँ वर्षौदेखि चीनको कब्जामा रहेको छ । उत्तरी सीमाका विभिन्न ठाउँमा चीनले कब्जामा लिएका नेपाली भूभागलाई आफ्नो मातहतमा ल्याउन नेपाल सरकार भने वेवास्ता गरिरहेको छ ।

6/24/2020

काठमाडौं, १० असार । भारतको पश्चिम बंगाल सरकारको अवरोधका कारण ३१ दिनदेखि एकतर्फी सञ्चालनमा रहेको मेची नाकाको अवरोध खुकुलो बन्दै गएको छ ।

6/24/2020

काठमाडौं, १० असार । पूर्वकानूनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता अजयशंकर नायकले नागरिकता विधेयकसम्बन्धी सात वर्षे प्रावधान नेकपाले कुन धरातल र परिवेशमा ल्याएको हो भन्ने आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

6/24/2020

राजविराज, १० असार । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनअन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ ।

6/23/2020

बाँके, ९ असार । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/23/2020

जनकपुरधाम, ९ असार । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषयको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।

6/23/2020

काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको भूमि चीनले कब्जा गरेको भनेर समाचार आएको उल्लेख गर्दै सरकारसँग यसबारेमा जवाफ मागेका छन् ।

6/23/2020

काठमाडौं, ९ असार । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो ।

6/23/2020

काठमाडौं, ९ असार । राजपा र समाजवादी पार्टीका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन् । मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् ।

6/23/2020

काठमाडौं, ९ असार । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गरेका छन् ।

6/23/2020

काठमाडौं, ९ असार । चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ भन्ने विषयमा उच्च सैनिक अधिकारीबीच छलफल भएको छ ।

6/23/2020

काठमाडौं, ९ असार । कालापानीमा भारत र नेपालको सीमा विवादको विषयमा अहिले बहस चलिरहेको छ । तर चीन पनि भारतभन्दा कम नभएको तथ्य धेरैलाई थाहा नहुन सक्छ । भारतले जस्तै चीनको पनि नेपाललगायत सबै छिमेकीहरूसँग सिमा बिवाद छ ।

6/22/2020

जनकपुरधाम, ८ असार । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।

6/22/2020

काठमाडौं, ८ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दलले संसदको राज्य व्यवस्था समितिबाट विदेशी महिला विहे गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति असन्तुष्टि जनाएको छ ।

6/22/2020

राजविराज, ८ असार । सप्तरीमा सोमबार थप १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको संख्या १७३ पुगेको छ ।

6/22/2020

काठमाडौं, ८ असार । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको जुन १८ को एक समाचारमा भारत विरुद्ध नेपाल, पाकिस्तान र चीनको त्रिदेशीय सैन्य गठवन्धनको संकेत गरेको छ ।

6/22/2020

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले नेकपा नेतृत्वको सरकारले मुलुकमा दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् ।

6/22/2020

कपिलवस्तु, ८ असार । प्रदेशसभा सदस्य रिना नेपाल वि.क को पहलमा कपिलवस्तुका विभिन्न स्थानमा करोडौंका योजना स्वीकृत भएका छन् । प्रदेश नं ५ को बजेट भाषणबाट पारित भई आर्थिक वर्ष २०७७।७८ को उक्त योजनाहरु संचालन हुने भएका छन् ।

6/22/2020

रौतहट, ८ असार । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् ।

ट्रेन्डिङ