कैलाली, ३ जेठ । कर्णाली नदीमा शुक्रबार दिउँसो डुंगा दुर्घटना हुँदा डुंगामा सवार ५ जनामध्ये मोहन्याल गाउँपालिका–१ बस्ने २१ बर्षीय बिर्ष बहादुर रोका मगर सहित ३ जना वेपत्ता भएका छन् ।
मोरङ, ३ जेठ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ३ जेठ । चिनियाँ सञ्चारमाध्यमले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा चीनमा पर्छ’ भनी प्रचार गरेलगत्तै गुगलको नक्शामा सगरमाथा चीनतर्फ देखिएको छ । गुगलको नक्शामा सगरमाथा नेपालबाट हटाइएको छ । चुचुरो चीनतर्फ स्पष्ट देखाइएको छ ।
काठमाडौं, ३ जेठ । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ ।
बारा, ३ जेठ । कारोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले दातृ निकाय युनिसेफले प्रदेश २ का अस्पतालहरुलाई ठुलो मात्रामा सरसफाई तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
जनकपुरधाम, ३ जेठ । प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ९९ थियो भने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ संक्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना संक्रमितको संख्या अब १०३ पुगेको हो ।
काठमाडौं, ३ जेठ । नेपालका धेरै जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरसका संक्रमित संख्या १ हजार ५ पुगेको छ । थप ६ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ हजार ५ पुगेको हो ।
दाङ, ३ जेठ । पश्चिम नेपालको एक प्रमुख सीमा नाका जमुनाहा नाका शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
काठमाडौं, ३ जेठ । सरकारले नेपाल–भारत पारवहन तथा वाणिज्य सन्धि पुनरावलोकन गरी नेपाली वस्तुको निर्यात गर्ने भएको छ ।
पर्सा, ३ जेठ । पर्साको ठोरी गाउँपालिका–३ को नेपाली भूमिमा काँडेतार लगाइएको छ । सीमा क्षेत्रनजिक १० गजा छाडेर ठोरी–३ मा ४ किलोमिटर जमिनमा काँडेतार लगाइएको हो ।
रुपन्देही, ३ जेठ । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रुपन्देहीस्थित श्रमजिवी पत्रकारहरुका लागि रु. ९० हजारको खाद्यान्न सहयोग गरेको छ ।
काठमाडौं, ३ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता, मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेकी छन् ।
काठमाडौं, २ जेठ । अमेरिकाले चीनमाथि कोरोना भाइरस एन्टीबोडी अनुसन्धान ह्याक गरेको आरोप लगाएको छ । अमेरिकाले चिनियाँ सरकारसंग सम्बन्धित ह्याकरहरुले आफूले तयार गरिहेको कोरोना एन्टीबोडी अनुसन्धान ह्याक गरेको सम्बन्धमा चेतावनीसमेत जारी गर्ने बताएको छ ।
काठमाडौं, २ जेठ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ । सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो ।
काठमाडौं, २ जेठ । नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई नेपालको सीमा अतिक्रमणको विषयमा वार्ताका लागि पुनः ताकेता गरेको छ । दूतावासका नियोग उपप्रमुख भारतकुमार रेग्मीले नेपाल हेर्ने डेस्क प्रमुख पीयूष श्रीवास्तवसँग वार्ताको तिथिका लागि पहल गरिरहेका छन् ।
काठमाडौं, २ जेठ । डेढ महिनादेखि भारतीय क्वारेन्टाइनमा रहेका ८ सय १९ नेपालीलाई बिहीबार मध्यरातमा बाँकेका विभिन्न नाकाबाट भित्रयाइएको छ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीले अनेकौँ कष्ट भोग्नुपरेपछि उनीहरुलाई दुवै देशको सहमतिमा नेपालगन्ज र अन्य सहायक नाकाबाट ल्याइएको हो ।
काठमाडौं, २ जेठ । सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा गस्ती थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो ।
काठमाडौं, २ जेठ । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेकमा भारतले नेपाली भूमिको अतिक्रमण गरेको भनी नेपालले अरु कसैको दबाबमा भारतलाई दोष दिएको दाबी गरेका छन् ।
रौतहट, २ जेठ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्बिँदै गएको कारण मारमा परेका नगरवासीका लागि रौतहटको मौलापुर नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरिरहेको छ ।
काठमाडौं, २ जेठ । बाँके जिल्लामा फेरि ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमतिसहित नौ जना फेला परेका छन् । शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सर्लाही, २ जेठ । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेका सञ्चारकर्मीहरुलाई महामारीबाट बच्नका लागि गोडैता नगरपालिकाले जिल्लामा रहेका संचारगृहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सिरहा, १ जेठ । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ ।
काठमाडौं, १ जेठ । चिनियाँ हस्तक्षेप तथा बिस्तारबादबिरुद्द नेपाल बिद्यार्थी संघ गोरखा र तरुण दलले राके जुलुस निकालेको छ । राके जुलुससहित चिनियाँ राष्ट्रपतिको पुत्ला दहन समेत नेवि संघ र तरूण दलले गरेका छन् ।
वीरगञ्ज, १ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि दुईपटक गराइएको परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको परीक्षणमा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।