5/11/2020

काठमाडौं, २९ बैशाख । नेपाल सरकारले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग नेपाली भूमि लिपुलेकमा नेपालको भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

5/11/2020

काठमाडौं, २९ बैशाख । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवाद समाधानको लागि भारतसँग वार्ताको पहल भइरहेको जानकारी दिएका छन् ।

5/11/2020

जनकपुरधाम, २९ बैशाख । प्रदेश २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना संकलन कार्य तीव्ररुपमा शुरु भएको छ ।

5/11/2020

धनगढी, २९ वैशाख । कोरोनाका कारण प्रभाबित भएको घोडाघोडी नगरपालिकाको भवन बनाउने काम पुन सुचारु हुने भएको छ ।

5/11/2020

विराटनगर, २९ वैशाख । सेवानिवृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तान्तरण गरेको छ ।

5/11/2020

नेपालगन्ज, २९ वैशाख । स–सानो पूँजी जम्मा गरी सदस्यहरु बीच परिचालन गर्ने सहकारीहरु गत चैत्र ११ गतेदेखि मुलुक कोरोना संक्रमणका कारण ठप्प रहेको छ । जसका कारण बैंक, वित्तीय संस्था र सहकारी नियमित रहेका छैनन् ।

5/11/2020

काठमाडौं, २९ बैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।

5/11/2020

काठमाडौं, २९ बैशाख । चीनका मिडियाले सगरमाथा चीनमा रहेको छापिएको समाचार र भारतले लिपुलेकमा बनाएको बाटोको विषयमा जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले भर्त्सना गरेको छ ।

5/10/2020

कपिलवस्तु, २९ बैशाख । । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको छ ।

5/10/2020

काठमाडौं, २८ बैशाख । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

5/10/2020

मोरङ, २८ बैशाख । बेलबारी नगरपालिका–९ भक्का चोक बस्ने ३० वर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

5/10/2020

कपिलवस्तु, २८ बैशाख । महाराजगंज नगरपालिकाले नगरक्षेत्रमा कोरोना भाइरस रोकथामका लागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

5/10/2020

रौतहट, २८ बैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास खेपिदै आफ्नो जिउ ज्यान जोखिममा राखेर सञ्चार क्षेत्रको माध्यमबाट देशका सबै नागरिकलाई सचेत गराउनुको साथै सही सूचना र सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्ने बज्जिका पत्रकारहरुलाई रौतहटको गढीमाई नगरपालिकाले शनिबार मास्क सेन्टिाईजर र गल्पस सहयोग गरेका छन् ।

5/10/2020

राजविराज, २८ बैशाख । सप्तरीमा कोरोनाका शंकास्पद ३७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । । र, ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

5/10/2020

जनकपुरधाम, २८ बैशाख । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्व लड्न सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रदान गरेको छ ।

5/10/2020

काठमाडौं, २८ बैशाख । चिनियाँ सञ्चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकामा सच्याएको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै सगरमाथा नेपाल र चीनको सीमा रहेको जनाएको छ ।

5/10/2020

काठमाडौं, २८ बैशाख । लकडाउनकै समयमा निषेधित क्षेत्रमा गइ प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँहरु अनुसन्धानको क्रममा थप १० दिन हिरासतमा रहने भएका छन् ।

5/10/2020

सिन्धुली, २८ बैशाख । बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।

5/10/2020

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको विषयमा चीनलाई पनि कूटनीतिक नोट पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लिपुलेक त्रिपक्षीय समस्याका रूपमा रहेको भन्दै यस्तो बताएकी हुन् ।

5/10/2020

काठमाडौं, २८ बैशाख । भारत सरकारले लिपुलेकमा बनाएको सडकबारे नेपालले आपत्ति जनाएकोमा आफ्नो जवाफ फर्काउँदै उक्त सडक भारतीय भूमिमै बनाएको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेको हो ।

5/10/2020

काठमाडौं, २८ बैशाख । चीनको एक सञ्चारमाध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।

5/10/2020

काठमाडौं, २८ बैशाख । भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा छलफल भएको छ । सो बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले सरकारको आलोचना गर्नुको साथै भारतले जबरजस्ती नेपाली भूमि मिचेको आरोपहरु लगाएका थिए ।

5/9/2020

काठमाडौं, २७ बैशाख । चीनले नेपाललाई जानकारी नै नदिई विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन ।

5/9/2020

काठमाडौं, २७ बैशाख । नेपाल–भारत सीमा नाकाको सुरक्षाव्यवस्था थप मजवुत र प्रभावकारी बनाउन तीन तहको सुरक्षा घेरा निर्माण गर्ने विषयमा आवश्यक तयारी गरिएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण गर्न दुईवटै देशका सरकारले सीमा नाका शील गरेसँंगै अवैध मार्ग प्रयोग गर्नेका कारण सुरक्षा चुनौती थपिएपछि उक्त तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

5/9/2020

सिमरा, २७ बैशाख । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ स्थित श्री नं.२८ बाहिनी अड्डाको हाताभित्र निर्माण गर्न लागिएको एकिकरण स्मृति उद्यानको प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले एक समारोहका बीच शिलान्यास गरेका छन् ।

ट्रेन्डिङ