5/19/2020

काठमाडौं, ६ जेठ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

5/19/2020

जलेश्वर, ६ जेठ । कोभिड–१९ सँग जोगिन शुरु गरिएको लकडाउनले करकाप, लोभलालच, पैसाकै लागि भारतीय बजारमा निकृष्ट श्रममा गएका एवं पठाइएका बालकहरु स्वदेश फर्किन थालेका छन् ।

5/19/2020

सुनसरी, ६ जेठ । सुनसरीको सदरमुकाम इनरुवा १० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

5/18/2020

काठमाडौँ, ५ जेठ । नवगठित जनता समाजवादी पार्टीका नेता मा. राजेन्द्र प्रसाद श्रेष्ठले आ.व. २०७७/७८ को सरकारको नीति र कार्यक्रमको छलफलमा भाग लिँदै सुगौली सन्धिअनुसार कुटीयाङ्दीबाट बगेको काली नदी पूर्वको लिपुलेकबाट भारत र चीनबिच व्यापार सम्झौता गर्नु गलत भएको विचार व्यक्त गरेका छन् ।

5/18/2020

काठमाडौं, ५ जेठ । झापामा सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्ने भारतीय नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरी कारबाही गर्ने भएको छ । भारत–नेपालका सुरक्षाकर्मी तथा जनप्रतिनिधिबीच बसेको बैठकले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्नेलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

5/18/2020

काठमाडौँ, ५ जेठ । नेपाल–चीन व्यापारिक नाका र सामरिक महत्त्वका उत्तरी सीमावर्ती जिल्लाका आधा दर्जनभन्दा बढी स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) का बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) बस्ने भएका छन् । यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गृह मन्त्रालयले स्वीकृति दिइसकेको छ ।

5/18/2020

काठमाडौं, ५ जेठ । वरिष्ठ उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आजको प्राथमिकताबारे संसदमा आफ्नो धारणा राखेका छन् ।

5/18/2020

काठमाडौं, ५ जेठ । सांसद डा.सुरेन्द्र यादव अपहरणको आरोप लागेकामध्ये नेकपाका सांसद कृष्ण कुमार श्रेष्ठले आरोप प्रमाणित भएर सबैको अगाडि झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

5/18/2020

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य चित्रलेखा यादवले नीति तथा कार्यक्रमले लोकतन्त्रलाई मजबुर लोकतन्त्र बनाएको टिप्पणी गरेकी छन् ।

5/18/2020

काठमाडौं, ५ जेठ । प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले निजी अस्पतालहरुलाई राष्ट्रियकरण गर्न सुझाव दिएका छन् ।

5/18/2020

रौतहट, ५ जेठ । गुजरा नगरपालिका–७ मनहर्वास्थित सडकमा ना.४ त ५७५७ नम्बरको मकै लोड गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

5/18/2020

नेपालगन्ज, ५ जेठ । विश्वभर फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिए पश्चात्को विषम् परिस्थितिमा सोको नियन्त्रणका लागि बाँके प्रशासनले चालेका पछिल्ला कदमहरु फित्लो बनेको तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले निष्कर्ष निकालेको छ ।

5/17/2020

वीरगन्ज, ४ जेठ । वीरगंजमा आईसोलेशनमा रहेका ९० जना कोरोना पोजिटिभहरुको कोभिड १९ विरुद्ध प्रतिरक्षा शक्ति वृद्धिमा मद्दत पुगोस भन्ने हेतुले इम्यूनिटि बुस्टर र न्यूट्रिशन सप्लिमेन्ट प्रदान गर्ने भोरले निर्णय गरेको छ ।

5/17/2020

काठमाडौं, ४ जेठ । कोरोना महामारी पश्चात धेरै साथीहरूलाई घर वापसी जानु निश्चित छ । वैदेशिक रोजगारीमा रहेकाहरुमा गैरआवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले एक अपिल जारी गरेका छन् ।

5/17/2020

बुटवल, ४ जेठ । लकडाउनको समयमा रगत अभाव भएपछि लाफा समूह बुटवलले आकस्मिक रक्तदान गरेको छ ।

5/17/2020

झापा, ४ जेठ । पूर्वी नेपालको काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई जेठ ५ गते सोमबारबाट नेपाल ल्याइने भएको छ ।

5/17/2020

काठमाडौं, ४ जेठ । भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड(१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो ।

5/17/2020

काठमाडौं, ४ जेठ । प्रहरीले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

5/17/2020

काठमाडौं, ४ जेठ । भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ ।

5/17/2020

काठमाडौं, ४ जेठ । रौतहट जिल्लामा १० जना कोरोनाको नयाँ विरामी फेला परेका छन् । योसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

5/17/2020

बाँके, ४ जेठ । नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

5/17/2020

काठमाडौं, ४ जेठ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरे ।

5/17/2020

कपिलवस्तु, ४ जेठ । कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार यो जिल्लामा ३ नयाँ संक्रमित थपिएका हुन् ।

5/16/2020

काठमाडौं, ३ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा पहिलो पटक मृत्यु भएको छ । कोरोनाबाट एक महिलाको मृत्यु भएको हो ।

5/16/2020

कपिलवस्तु, ३ जेठ । पछिल्लो समय सेवारत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएसँगै सुरक्षाकर्मीमा जोखिमको दायरा बृद्धि भएको छ । कोरोनाको संक्रमणका रोक्न गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयनमा खटिएकै कारण सुरक्षाकर्मी संक्रमणको प्रत्यक्ष जोखिममा रहेका छन् ।

ट्रेन्डिङ