काठमाडौं, १४ जेठ । सगरमाथाको उचाई नाप्न उक्लिएको चिनियाँ टोली सगरमाथाको चुचुरोमा पुगेको छ । आठ सदस्यीय टोली बुधबार विहान चिनियाँ समय अनुसार ११ बजे चुचुरोमा पुगेको हो ।
धनुषा, १४ जेठ । रोग र भोकका कारण एक युवाको मृत्यु भएको छ । रोजगारीका लागि भारतको गुजरात पुगेका शहीदनगर नगरपालिकाका एक युवकको जटही नाकामा मृत्यु भएको छ । कोरोनाका कारण रोजगारी बेरोजगार भएपछि घर फर्किने क्रममा उनी विरामी परेका थिए ।
नेपालगन्ज, १३ जेठ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा संक्रमितको संख्या ७७२ जना पुग्दा प्रदेश ५ मात्रै ३३१ जना पुगेको छ ।
विराटनगर, १३ जेठ । राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई निरन्तरता दिएको छ ।
विराटनगर, १३ जेठ । विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाले जुस वितरण गरेको छ ।
काठमाडौं, १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ ।
काठमाडौं, १३ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा बिषयमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले पटक पटक आह्वान गर्दा पनि भारत वार्तामा बस्न नमानेको बताएका छन् ।
जनकपुरधाम, १३ जेठ । प्रदेश २ को जनकपुरमा आजदेखि रियल टाइम पिसिआर मेशिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेशिनमध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को सो मेशिन केही दिनमै राजविराजमा सञ्चालनमा आउने भएको छ ।
काठमाडौं, १३ जेठ । सरकारले सार्वजनिक गरेको नयाँ नक्साका विषयमा संविधान संशोधनमा सर्वसहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
काठमाडौं, १३ जेठ । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्र मिच्दै आएको चिन (उत्तरी छिमेकी) को पनि पछिल्लो समय क्रियाकलापहरु बिस्तार हुदै गएको छ ।
जनकपुरधाम, १२ जेठ । प्रदेश २ मा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । कोरोना संक्रमणको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश २ को अवस्था भयावह भएको हो ।
काठमाडौं, १२ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको बताएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा
काठमाडौैं, १२ जेठ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गर्न सप्तरीका स्थानीय नेता तथा सर्वसाधारणले माग गरेका छन् । राजविराजका स्थानीय नेता तथा सर्वसाधारणले सप्तरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जनकपुरधाम, १२ जेठ । प्रदेश २ को आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा भन्दा कम आकारको बजेट ल्याउने तयारी गरेको छ ।
काठमाडौं, १२ जेठ । नेपाल सरकारद्वारा अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने तयारी गरेको छ । सोही तयारीका क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ ।
काठमाडौं, १२ जेठ । भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान आजदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् ।
काठमाडौं, १२ जेठ । पढाइको सिलसिलामा भारत हुँदै इन्डोनेसिया पुगेकी नेपाली चेलीको भारतले उद्दार गरेको छ ।हरियाणमा बीबीए पढ्दै गरेकी उनी तीन महिनाका लागि ‘एक्सेन्ज प्रोग्राम’का सिलसिलामा इन्डोनेसियास्थित एक विश्वविद्यालयमा पढ्न पुगेकी थिइन् ।
काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको छ ।
सप्तरी, १२ जेठ । राजबिराज नगरपालिका ८ मा वडा भवन निर्माण हुने भएको छ । राजविराज ८ स्थित पुलचौक नजिक राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा र वडा अध्यक्ष जयनारायण मण्डलले शिलान्यास गरेका छन् ।
कपिलवस्तु, १२ जेठ । रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् ।
रौतहट ११ जेठ । प्रदेश २ का सरकारले लकडाउनका कारण मारमा परेका ज्यालादारी गरेर खाने अति विपन्न तथा गरिब परिबारलाई दोस्रो चरणको राहत दिने घोषण गरे पनि रौतहटका स्थानिय तहहरुले दोस्रो चरणको राहत वितरण गर्न कुनै सुरसार नगरेको गुनासो बढ्दै छ ।
काठमाडौं, ११ जेठ । भारतको उत्तराखण्डको खटिमा बजार क्षेत्रमा सर्यौँ किलोमिटर पैदल हिँडेर आएका १५० नेपाली मजदुरलाई क्वारेन्टिनमै व्यवस्थापनको माग गर्दै एक साताअघि भारतीय कंग्रेस आइका उत्तराखण्ड प्रदेश महासचिव भुवन कापडी धर्ना बसे ।
बारा, ११ जेठ । बाराको निजगढमा तीन सय भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि उनीहरुलाई चिकित्सकको निगरानीमा होम क्वारेन्टाइन भित्र राखिएको हो ।