काँकडभिट्टा, २२ जेठ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा अलपत्र छन् ।
काठमाडौं, २२ जेठ । भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।
विराटनगर, २२ जेठ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट मंगलबार थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।
धनगढी, २२ जेठ । धनगढीमा सामाजिक दुरी कायम गरी बिहान ११ बजेसम्म पसल खोल्न पाइने भएको छ । धनगढीका व्यवसायीले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले बिहान ११ बजेसम्म बजार खोल्न दिने भएको छ ।
काठमाडौं, २२ जेठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सम्पूर्ण भत्ता नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने घोषणा गरेका छन् ।
रुपन्देही, २२ जेठ । कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका–२ पडौरा बस्ने १९ वर्षीय शिवचन्द केवटलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २२ जेठ । देवाही गोनाही नगरपालिका–८ गोनाही चोकबाट करिब २० किलो लागूऔषध गाँजासहित चार जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तु, २२ जेठ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं.३ डुमरियामा भैंसी र नालीको सामान्य विवादमा झडप हुँदा ९ जना गम्भीर घाइते भएका छन् ।
नेपालगन्ज, २१ जेठ । नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय पनि अपर्याप्त भएको जनाएको छ ।
रौतहट, २१ जेठ । रौतहटको राजपुर नगरपालिका वडा नं.—९ मा रहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । स्वास्थ्यकर्मी खुरसिद आलमलाई कुटपिट गरि घाइते बनाएको हो ।
रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाउँबाट प्रहरीले जलाउन लागेको अवस्थामा एक महिलाको शव बरामद गरेको छ ।
काठमाडौं, २१ जेठ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले विदेशबाट फर्काइने नागरिकलाई राख्न तयार गरिएका होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।
काठमाडौं, २१ जेठ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ ।
काठमाडौं, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच देखिएका समस्या कूूटनीतिक संवादमार्फत तत्काल समाधान गर्न आग्रह गरेका छन् ।
राजविराज, २१ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
बारा, २१ जेठ । बारा जिल्लाको फेटा गाउँपालिकाको वडा नं. १ को त्रिवेणी टोलमा रहेका अति विपन्न गरिब, अपांग, गरिब, एकल महिला, सुत्केरी तथा गर्भवती आमा लगायतलाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज वितरण गरिएको छ ।
काठमाडौं, २१ जेठ । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली शुभकामना सन्देश जारी गरेका छन् ।
कैलाली, २१ जेठ । जोशीपुरगाउँपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय शेष कुमार चौधरीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।
मोरङ, २१ जेठ । बिराटनगर महानगरपालिका–१६ बस्ने सिता तामाङको घरमा लुकाई छिपाई राखेको करिब ८ लाख २८ हजार ९ सय ९५ मूल्य बराबरको विभिन्न किसिमको औषधी र मास्क मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
कपिलवस्तु, २१ जेठ । कपिलवस्तुनगरपालिका–९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–५ कोपुवा बस्ने ४८ वर्षीय रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २१ जेठ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् ।
बाँके, २० जेठ । । नेपालगन्ज उपमहानगरपालिकाले त्रिभुवन चोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले चोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो ।
काठमाडौं, २० जेठ । नेपाल भारतबीच सीमा समस्या आइरहँदा भारतको सत्तारुढ भारतीय जनता पार्टी निकटस्थ सामरिक मामलाका जानकारहरुले नेपालको वर्तमान सरकारप्रति आक्रोश पोखेका छन् ।