5/29/2020

वीरगंज, १६ जेठ । सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणको काम निर्माण सामग्री अभाबमा ठप्प भएको छ ।

5/29/2020

जनकपुरधाम, १६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण आफ्नो प्रदेशमा सिर्जित संकट प्रदेश सरकारले मात्र थेग्न सक्ने अवस्था नरहेको भन्दै संघीय सरकारका तर्फबाट विशेष सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

5/29/2020

काठमाडौं, १६ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् ।

5/29/2020

काठमाडौं, १६ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न संसदमा माग गरिएको छ ।

5/29/2020

काठमाडौं, १६ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याबारे भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताएका छन् ।

5/29/2020

काठमाडौं, १६ जेठ । भारतले नेपालसँग देखिएको सीमा विवादबारे गम्भीर रहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवको तर्फबाट बिहीबार जारी गरिएको एक वक्तव्यमा नेपालसँग पछिल्लो समय देखिएको सीमा समस्याबारे भारतले गम्भीरतापूर्वक अनुगमन गरिरहेको उल्लेख गरेका छन् ।

5/29/2020

काठमाडौं, १६ जेठ । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ । भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ ।

5/29/2020

कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको ३ स्थानीय तहमा २४ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १३ जना र महाराजगंज नगरपालिकामा १ जना थपिएका छन् ।

5/28/2020

कैलाली, १६ जेठ । संयुक्त राष्ट्र संघ जनसंख्या कोष (यु. एन. एफ. पि. ए.) द्वारा प्रजनन स्वास्थ्य सामाग्री (आर. एच. किट ११ बि ) सेती प्रादेशिक अस्पताल लाई हस्तान्तरण गरिएको छ ।

5/28/2020

नेपालगन्ज, १६ जेठ । अधिकारकर्मीले राहत वितरणमा निम्न आय भएका, ज्यादा मजदुरी गर्ने, अशक्त द्वन्द्व पीडितहरुलाई पनि समेट्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

5/28/2020

विराटनगर, १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

5/28/2020

बाँके, १५ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१७ ढोडेगाउँमा बुधबार राति आएको हावाहुरीबाट करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

5/28/2020

मोरङ, १५ जेठ । बेलबारी–४ काकुम बुधबारेमा छुरा प्रहारबाट २ जनाको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ५५ वर्षीया देवी कुमारी लिम्बु र उनको छोरा ३० वर्षीय जिबन बहादुर लिम्बु रहेका छन् ।

5/28/2020

काठमाडौं, १५ जेठ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।

5/28/2020

काठमाडौं, १५ जेठ । नेपालको नयाँ नक्सा सार्वजनिक कार्यलाइ समर्थन गर्दै हरिवन नगरपालिका ३ मा दीप प्रज्जवलन गरिएको छ ।

5/28/2020

वीरगन्ज, १५ जेठ । बिहान–बेलुकी हातमुख जोर्ने समस्यामा परेका व्यक्तिलाई वीरगन्जको गैरसरकारी संस्था ‘सानो पाइला’ ले निःशुल्क भोजन शिविर सुरू गरेको छ ।

5/28/2020

नेपालका पहिला गणतन्त्रवादी नेता हुन् रामराजा प्रसाद सिंह । बि स १९९१मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए । नेपालको पहिलो राष्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए ।

5/28/2020

काठमाडौं, १५ जेठ । १२औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । 

5/27/2020

जनकपुरधाम, १४ जेठ । जनकपुरधाम उप–महानगरपालिकाले कोरोना भाईरस संक्रमलाई नियन्त्रण तथा टेष्टलाई तिव्रता दिनकालागि पीसिआर मेसिन खरिद गर्ने भएको छ । वुधवार विपद् व्यवस्थापन समतिको वैठकवाट टेष्टलाई तिव्रता दिनकोलागि पीसीआर मेसिन खरिद आवश्यक रहेको हुनाले सो निर्णय गरिएको हो ।

5/27/2020

काठमाडौं, १४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईले लुम्बनी गुरुयोजना अन्र्तगतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

5/27/2020

रौतहट, १४ जेठ । रौतहटमा बुधवार पुनः ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।

5/27/2020

धनगढी, १४ जेठ । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।

5/27/2020

कञ्चनपुर, १४ जेठ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् ।

5/27/2020

महोत्तरी, १४ जेठ । भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टाइन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टाइन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो ।

5/27/2020

जनकपुरधाम, १४ जेठ । प्रदेश २ मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कोरोना महामारीका दुष्प्रभावलाई नियन्त्रण र व्यवस्थापन विशेष केन्द्रित रहने छ । गत आर्थिक वर्षको भुक्तानी विवादले लामो समयदेखि स्थगित रहेको प्रदेशसभाको बैठक जेठको अन्तिम साता बसिने छ । सो बैठकमै लालबाबु नेतृत्वको सरकारले तेस्रो नीति तथा कार्यक्रम ल्याउने छ ।

ट्रेन्डिङ