रौतहट, १ जेठ । विश्वमै महामारीको रुपमा तीव्र गतिमा फैलिँदै गइरहेको कोरोनाभाइरस सङ्क्रमणबाट सेवाग्राहीलाई सुरक्षित राख्न रौतहटको दुई स्थानीयतहले एकैसाथ स्यानिटाइजिङ टनेल सञ्चालन गरेको छ ।
रुपन्देही, १ जेठ । रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ । भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो ।
काठमाडौं, १ जेठ । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुष फेला परेका छन् । नवलपरासी पूर्वका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्ज, १ जेठ । नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुलाई प्रहरीले पक्राउ उपचारका लागि अस्पताल पठाएको छ ।
जनकपुरधाम, ३१ बैशाख । प्रदेश २ मा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
राजविराज, ३१ बैशाख । राजविराज नगरपालिकाको कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग प्राप्त भएको छ । नगर प्रमुख शम्भु प्रसाद यादवलाई इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका छ ।
काठमाडौं, ३१ बैशाख । कोरोना प्रभावले संसारभर आवातजावत लगायत वाहिरी गतिविधि ठप्प रहेका बेला चीनले सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट आरोहणका लागि नयाँ मार्ग बनाइरहेको छ । गत सोमबार नै चिनियाँ आरोपीहरु नयाँ मार्ग तयार गर्नका लागि तेस्रो क्याम्पमा पुगेका थिए ।
काठमाडौं, ३१ बैशाख । नेकपामा सांसद प्रभु साहले आगामी बजेटमा प्रदेश २ र कर्णाली प्रदेशलाई विशेष प्रदेश घोषणा गर्न माग गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले बुधबारको प्रतिनिधिसभा बैठकमा पछाडि परेका क्षेत्रलाई विशेष प्राथमिकता दिन संविधानले गरेको मार्गनिर्देश बमोजिम ती दुई प्रदेशलाई विशेष प्रदेश घोषणा गरी प्याकेज उपलब्ध गराउन माग गरे ।
काठमाडौं, ३१ बैशाख । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको संख्या एक हजारभन्दा बढी पुगेको छ । मंगलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ ।
भीमदत्तनगर, ३१ बैशाख । भारतमा ४५ दिन क्वारेन्टाइन बसेका दुई सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो ।
रुपन्देही, ३१ बैशाख । रुपन्देहमा कोरोना संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका स्थानीय तहमा पूर्णरुपमा आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच
काठमाडौं, ३१ बैशाख । बाँके र कपिलवस्तुका दुई जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलस्तु थप १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं, ३० बैशाख । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सप्तरी, ३० बैशाख । सेभ द चिल्ड्रेनले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले विभिन्न १८ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
काठमाडौं, ३० बैशाख । चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोकको तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन् ।
भीमदत्तनगर, ३० बैशाख । क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा धर्नामा बसेका छन् ।
काठमाडौं, ३० बैशाख । भारतले विश्वभरमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने अभियान सञ्चालन गरेको छ ।
काठमाडौं, ३० बैशाख । अवैधरुपमा भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँगको सीमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती थालेको छ ।
काठमाडौं, ३० बैशाख । चीनका शीर्ष स्वास्थ्य अधिकारीले देशको स्वास्थ्य सेवा प्रणाली कमजोर रहेको स्वीकार गरेका छन् ।
कपिलवस्तु, ३० बैशाख । प्रदेश नं ५ का कोरोना प्रभावित जिल्लाका विभिन्न स्वास्थ्य संस्था र चहलपहल हुने स्थानमा कन्टेक्टलेस हेण्ड वास स्टेशन जडान गरिएको छ ।
काठमाडौं, ३० बैशाख । नेपालमा एकै दिन ५७ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ विरामी फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
जनकपुरधाम, ३० बैशाख । विगत केही समयदेखि जानकी मन्दिरका महन्थ गुरु–चेलाद्वारा चर्केको विवादले गर्दा उत्पन्न धार्मिक संस्थाहरू प्रतिको नकारात्मक भावप्रति धनुषा चेम्बर अफ कामर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं, २९ बैशाख । भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने भएको छ ।
कपिलवस्तु, २९ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।