काठमाडौं, १६ मंसिर । नेपाल सरकारका २१ अधिकारीहरुको तेस्रो समूहले भारतको फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेज बलम नार्कोटिस (नासिन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।
रुपन्देही, १६ मंसिर । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली लुम्बिनी गएको छ ।
वीरगन्ज, १६ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शौचालय निर्माण सामग्री बितरण गरेका छन् ।
वीरगञ्ज, १५ मंसिर । अयोध्याबाट जनकपुरधाम आएका जन्तीलगायतका पाहुनालाई वीरगन्जमा पनि स्वागत गरिने भएको छ ।
काठमाडौं, १५ मंसिर । भारतले गरेको भनिएको कालापानी क्षेत्रको अतिक्रमणका विषयमा कुरा गर्न सरकारले नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने तयारी गरेका छन्।
महोत्तरी, १५ मंसिर । उपनिर्वाचनअन्तर्गत प्रदेश २ को महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि भएको चुनावमा अन्ततः नेपाल कम्युनिष्ट पार्टी (सूर्य छाप)ले बाजी मारेको छ ।
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री ओलीको थप उपचारमा सहयोग गर्ने प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेक छन् ।
महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टीले पुनः अग्रता लिएको छ ।
महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनको मतगणना जारी छ । पिपरामा राजपा र नेकपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
महोत्तरी, १५ मंसिर । पिपरा गाउँपालिका अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले अग्रता पाएको छ ।
रौतहट, १५ मंसिर । रौतहटको गढीमाई नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
सिरहा, १५ मंसिर । जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा नेपाल कम्युनिष्ट पार्टी विजयी भएको छ ।
बारा, १५ मंसिर । जिल्लाको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेश चौधरी विजयी भएका छन् ।
महोत्तरी, १५ मंसिर । महोत्तरीको पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालको अग्रता कायमै रहेको छ भने नेपाल कम्युनिष्ट पार्टीले पछ्याउँदै आइरहेको छ ।
महोत्तरी, १५ मंसिर । महोत्तरीको मटिहानी नगरपालिका–६ मा राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको छ ।
सप्तरी, १५ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाअध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमिलादेवी यादव विजयी भएकी छन् ।
सर्लाही, १५ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।
भैरहवा, १५ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ ।
वीरगन्ज, १५ मंसिर । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार रुपलाल यादव विजयी भएका छन् ।
कपिलवस्तु, १५ मंसिर । शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र विजयी भएकी छ्न् ।
काठमाडौं, १४ मंसिर । नेपाल–भारत सीमा विवादबारे प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले खोक्रो राष्ट्रवादीहरुले हावादारी कुरा गरेको बताएका छन् ।
काठमाडौं, १४ मंसिर । नेपालमा तस्करी तथा अवैध सामान ओसारपसार गर्ने चिनियाँ गिरोह सक्रिय भएको देखिएको छ । नेपालका बैंकबाट पैसा चोर्नेदेखि लिएर सुन तस्करी गर्नेसम्मका गिरोहहरु पक्राउ परेका छन् ।
जनकपुरधाम, १४ मंसिर । तराई इन्जिनियर्स समाजका अध्यक्ष इ. अजित कुमार यादवको अध्यक्षतामा बसेको बृहत बैठकले प्रदेश न. २ मा नयाँ कार्य समिति सर्वसहमतिले गठन गरेको छ ।