काठमाडौं, ९ मंसिर । नेपाल वैश्य युवा संघले ‘वैश्य कलष्टर’ निर्माणको माग गर्दै मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई ज्ञापनपत्र बुझाएको छ ।
कपिलवस्तु, ९ मंसिर । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बालाचतुर्दशीअन्तर्गत पितृका नाममा सोमबार शतबीज छरिँदै छ ।
रौतहट, ९ मंसिर । रौतहटको बृन्दावन नगरपालिकाले चापा कलको नाममा चरम लापरबाही र आर्थिक चलखेल गरिरहेको स्थानीयले आरोप लागाएका छन् ।
महोत्तरी, ९ मंसिर । सडक मर्मत तथा पानी छर्कनुपर्ने विषयलाई लिएर सरपल्लोलगायतका बासिन्दाले अवरोध गर्न थालेपछि जलेश्वर–बर्दिवास सडकमासोमवार सार्वजनिक यातायात चल्न सकेको छैन ।
काठमाडौं, ९ मंसिर । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
काठमाडौं, ९ मंसिर । पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएर मात्रै कलाकारहरूले राज्यसत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन् । अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्नै नसकेको झाको गुनासो छ ।
काठमाडौं, ८ मंसिर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउनेबारे दुई देशको जलस्रोत तथा ऊर्जा सचिवस्तरीय बैठक हुने भएको छ । आगामी शुक्रबार पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’ को वैठक बस्न लागेको हो ।
काठमाडौं, ८ मंसिर । पूर्वी नाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान सुरु गरेको छ ।
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का नयाँ र पुराना मन्त्रीलाई बालुवाटारमा दिएको डिनर समाजवादी पार्टीले वहिष्कार गरेका छन् ।
पोखरा, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तर्राष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् ।
जनकपुरधाम, ८ मंसिर । जनकपुरमा सीताराम विवाहपञ्ची महोत्सवको तयारी तीव्र बनाइएको छ । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह महोत्सवको मुख्य दिन यस वर्ष मंसिर १५ गते परेको छ ।
भैरहवा, ७ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।
कपिलवस्तु, ७ मंसिर । चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलात्कार गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
बाँके, ७ मंसिर । नेपालगंज उपमहानगरपालिका–२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २५ वर्षीय सुमित बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, ७ मंसिर । हनुमाननगर कंकालिन नगरपालिका–४ मधुवापुरस्थित भित्री सडकमा स.१ त ७४२० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीय शंकर साहको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
धनुषा, ७ मंसिर । धनुषाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
कैलाली, ७ मंसिर । धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने ६० वर्षीय बम बहादुर सिंहको घरमा शनिबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले काठमाडौंको आँखीझ्यालबाट चियाएर मधेशीलाई देखाएर भूतप्रेत भनेर परिचय नगराउन आग्रह गरेका छन् ।
रुपन्देही, ६ मंसिर । ओमसतीया गाउँपालिका–१ ठूटीपिपलस्थित सडकमा लु.१ क ३६६२ नम्बरको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
जनकपुरधाम, ६ मंसिर । ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।
बुटवल, ५ मंसिर । तिनाउ र दानव नदी किनारबाट अवैध रुपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट अवैध रुपमा सामग्री निकालेर लुकाइ राखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो ।
विराटनगर, ५ मंसिर । प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर समेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो ।
कैलाली, ५ मंसिर । सुदुरपश्चिम प्रदेशको महान्यायधिवक्ताको कार्यालयले प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।