काठमाडौं, २८ माघ । अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । पारिवारिक उपस्थितिमा दुबैले औंठी साटासाट गरेका हुन् ।
करिब ७ वर्ष लामो प्रेमसम्बन्धलाई दुबैले पारिवारिक सहमतिमा विवाहको रूप दिन लागेका हुन् । दुबैले फागुन २ गते विवाह गर्दैछन् ।
उनीहरूले आफ्नो इन्गेजमेन्टको तस्वीर फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।
तपाईको प्रतिक्रिया