वीरगंज । गायक तथा संगीतकार रामबाबु राउत (पटेल) जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
थाइल्यान्डको बैंककमा आयोजित जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार (Genius International Excellence Honor Award–2025) समारोहमा रौतहटको वृन्दावन नगरपालिका–३ निवासी गायक तथा संगीतकार राउत सम्मानित भएका हुन् ।
मार्च २५, २०२५ मा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए । नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका राउतलाई यो सम्मान प्रदान गरिनु नेपालका लागि गर्वको विषय हो ।
संगीत साधनामा लामो समयदेखि सक्रिय रहेका राउतले थुप्रै गीतहरूमा आफ्नो स्वर तथा संगीत प्रदान गरिसकेका छन्। उनी लोकगीतदेखि आधुनिक संगीतसम्ममा विशेष पहिचान बनाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया