अमिर र दिपा अभिनित ’मञ्जुरी’ बजारमा

कला/संस्कृति

10/28/2020

काठमाडौ, ८ कार्तिक । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ’मञ्जुरी’ बोलको गीत बजारमा आएको छ ।

डम्फु मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो । गीतलाई स्वंय दोङले निर्देशन र सम्पादन गरेका हुन ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत, चर्चित गायिका जितु लोप्चन र सन्तोष गोलेको आवाज रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ र संगीत संयोजन गरेका हुन् ।

भिडियोलाई ड्रोन, छायांकन र कलर गरेका हुन भने हेरुका लामा र युद्ध लामाले कोरियोग्राफी गरेका हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ