आशा भोस्लेले गरिन चन्द्रागिरी भ्रमण

कला/संस्कृति

12/29/2019

काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेकी भारतकी सुप्रशिद्ध गायिका आशा भोस्लेले चन्द्रागिरी हिल्स भ्रमण गरेकी छन् ।

साधना कला केन्द्रको निमन्त्रणामा नेपाल आएकी भारतीय गायिका भोस्लेले आइतबार चन्द्रागिरी भ्रमण गरेकी हुन् ।

चन्द्रगिरी हिल्समा रहेको भालेश्वरनाथको दर्शनसमेत उनले गरेकी छन् ।

गायिका भोस्लेले नेपाली भाषाका गीतहरुमा पनि आफ्नो आवाज दिएकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ