काठमाडौं, ८ पुस । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने भएकी छिन् ।
उनी शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा काठमाडौंमा तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।
यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् ।
८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया