काठमाडौं, १७ पुस । एसियन पेन्ट्स नेपालले ड्रयाम्प प्रुफ उपभोक्ता योजनाका विजेता चयन गरेको छ । योजनाअन्तर्गत इमाडोल ललितपुरकी रोजी मास्कोले होन्डा एक्स—ब्लेड, जनकपुरका ताहिर मियाँले होन्डा ग्रेजिया, काठमाडौंका पुक्ष्प चन्द र श्रीकृष्ण महर्जन तथा बुटवलकी लक्ष्मी भट्टराईले सामसुङ स्मार्टफोन जितेका हुन् ।
कम्पनीले केही महिनाअघिदेखि सञ्चालन गरेको योजनाको सर्तअनुसार उपभोक्ताले आफ्नो घरको बाहिरी भित्ताको सतहमा ड् याम्प प्रुफ प्रयोग गरी फोटो खिचेर एसियन पेन्ट्स नेपालको फेसबुक पेजमा अपलोड गर्नुपर्ने थियो ।
योजना अवधिभर ५ सयभन्दा धेरै ग्राहक सहभागी भएको र ४ सयजना ग्राहक गोलाप्रथाका लागि योग्य साबित भएका थिए । यी योग्य ग्राहकको नाम गोलाप्रथामा समावेश गरी ५ जना भाग्यशाली विजेता चयन गरेको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया