काठमाडौं, २९ बैशाख । बलिउडका चर्चित अभिनेता सलमान खानकाे नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएकाे छ ।
डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानकाे रिलिज हुन लागेकाे फिल्म राधे हेर्न सकिने भएकाे हाे।
खल्तीले राधे फिल्मका वितरक ए. एट फिल्मिस् प्रा. लि. का श्री निरज पौडेल सँग राधे फिल्मकाे पे पर भिउजको आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झाैता गरेकाे छ ।
प्रयाेगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउने छन् । फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भाउचर खरीद गर्न सक्दछन्।
खल्तीमा रहेको Utility सेक्सन भित्र पी पी भी मुभिजमा भाउचर कोड किन्न सक्नुहुनेछ। एक पटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि, दर्शकहरूले २४ घण्टाभित्र फिल्म हेर्न सक्दछन्।
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।
'खल्ती' वालेटको प्रयोग गरी ६०+ बैंक तथा बितिय संस्थामा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। 'खल्ती'का १७ लाख भन्दा बढि प्रयोगकर्ताहरु छन् ।
तपाईको प्रतिक्रिया