हल्का हल्का गुनगुनायो सार्वजनिक

कला/संस्कृति

2/13/2020

काठमाडौं, २ फागुन । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द, संगीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई ।

महाराज थापाको संगीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ र माष्टरिङ गरेका छन् । निशान काश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।

दर्जंनौ गीत मार्फत स्रोता र दर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजका लगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो‘’ले पनि स्रोता र दर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ