काठमाडौं, २८ माघ । भारतको सिक्किमको राजधानी गान्तोकमा पहिलो पटक तीनदिवसीय चलचित्र महोत्सव (ग्लोबल फिल्म फेस्टिबल) हुने भएको छ ।
सिक्किम चलचित्र कोअपरेटिभ सोसाइटीले फिल्म फेडरेसन अफ् इण्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो ।
मनन केन्द्रमा हुने महोत्सवमा ४० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन हुनेछ । जसमा नेपाललगायत भारतको निकटवर्ती राष्ट्रका चलचित्रहरू हुनेछन् ।
‘महोत्सवमा बलिउडका चर्चित कलाकार र चलचित्र निर्माताहरूहरूको विशेष सहभागिता हुनेछ,’ महोत्सवका संयोजक चुनिलाल घिमिरेले भने, ‘अहिलेसम्म सुवास घई, आशा पारेख, रनवीर कपुर, राहुल रावेललगायतका कलाकार, निर्देशकहरू आउने निर्णय भइसेको छ ।’
तपाईको प्रतिक्रिया