गान्तोक ग्लोबल फिल्ममा नेपाल पनि सहभागि

कला/संस्कृति

1/22/2020

काठमाडौं, ८ माघ । भारतीय राज्य सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिने ग्लोबल फिल्म महोत्सव हुने भएको छ ।

सिक्किम फिल्म कोअपरेटिभ सोसाइटीले फिल्म फेडरेसन अफ इन्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो ।

मनन केन्द्रमा २८ फ्रेबुअरीदेखि १ मार्चसम्म हुने महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गरी ४० फिल्म प्रदर्शन हुनेछ, जसमा नेपाललगायत भारतको निकटवर्ती राष्ट्रका फिल्महरू संलग्न हुने बताइएको छ ।

महोत्सवमा बलिउडका चर्चित कलाकार र फिल्म निर्माताहरूको विशेष सहभागिता हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ