गायक कुमार सानु लुम्बिनीमा

कला/संस्कृति

10/10/2018

काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध गायक कुमार सानुले नेपाली लोकगीतलाई नयाँ पिढीले संरक्षण गर्नु पर्ने बताएका छन् ।

एक कार्यक्रममा सहभागी हुन नेपालको लुम्बिनी आएका गायक सानुले पत्रकारसँगको संक्षिप्त कुराकानीमा बलिउड क्षेत्रमा आएको विकृतिका पछि नलागी आफ्नो परम्परागत गीत सङ्गीतलाई संरक्षण गर्न आग्रह गरे ।

नेपाल र नेपालीको लोक भाका, संस्कृति र गीत सङ्गीत निकै राम्रा रहेको बताउँदै उनले नेपालीहरुको मायाले गर्दा नै आफुले धेरै नेपाली गीत गाएको र नेपाल आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ