धनुषाका गायक विश्वकर्मा ‘सर्वोत्कृष्ट कल्चर’ अवार्डबाट पुरस्कृत

कला/संस्कृति

9/13/2019

धनुषा, २७ भाद्र । धनुषाका चर्चित गायक रुद्रसेन विश्वकर्मा सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट पुरस्कृत भएका छन् ।

मंगलबार औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न ‘इन्डस्ट्रियल पिस म्यूजिक अवार्ड–२०७६’ कार्यक्रममा पुरुषतर्फको सर्वोत्कृष्ट कल्चरल गीत अवार्डबाट उनी पुरस्कृत भएका हुन् ।

नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मैथिली भाषाको ‘कानोमे आँहाके झुमका’ बोलको गीतबाट गायक रुद्रसेनलाई सो अवार्ड प्रदान गरिएको हो ।

गायक रुद्रसेन विश्वकर्मा र बहुचर्चित गायिका ज्योति मगरको स्वरमा रहेको मैथिली भाषाको गीत ‘कानोमे आँहाके झुमका’ केही दिनअघि मात्र युटुबमा सार्वजनिक गरिएको थियो ।

कम समयमा निकै चर्चा पाएको सो गीतले अहिले साङ्गितीक बजारमा चौतर्फी प्रशंसा बटुलीरहेको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माकै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।

दीपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका व्यस्त निर्देशक र कोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् ।

भिडियोमा मोडलका रुपमा पनि रुद्रसेनलाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ दिएकी छिन् । यस गीत र भिडियोको निर्माण निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी हुन् ।

पछिल्लो समयमा व्यापक चर्चामा रहेका श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ