नेपालमा पनि भव्यताका साथ मनाइयो सलमान खानको जन्मदिन

कला/संस्कृति

12/27/2019

काठमाडौं, १२ पुस । दरबारमार्गस्थित बिईगं ह्युमन क्लोथिङ नेपालले बलिउड सुपर स्टार सलमान खानको जन्मोत्सव मनाएको छ ।

बिईगं ह्युमन क्लोथिङ सञ्चालन गर्दै आएको बिईगं ह्युमन फाउण्डेसनका संस्थापक समेत रहेका सलमान खानको ५४औं जन्मदिनको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

विभिन्न देशमा रहेका बिईगं ह्युमन क्लोथिङको ‘शो–रुम’हरुमा सलमान खानको जन्मोत्सव भव्यताका साथ मनाईएको बिईगं ह्युमन क्लोथिङको नेपालको एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले जानकारी दिए ।

‘सलमान खान फिल्ममात्र होईन, वास्तविक जिवनमा पनि हिरो बन्न सफल हुनुभएको छ,’ प्रमुख कार्यकारी अधिकृत बख्रेलले भने, ‘बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधी सकृय बिईगं ह्युमन फाउण्डेसनका संस्थापकको रुपमा जन्मदिन मनाएका हौँ ।’

प्रमुख कार्यकारी अधिकृत बख्रेलले बिईगं ह्युमन क्लोथिङ नेपालले पनि आगामी दिनमा विभिन्न किसिमको च्यारिटिहरुको आयोजना गर्ने बताए । उनले भने, ‘अब हामी बिईगं ह्युमनको शो–रुममै पनि शारिरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि रोजगारी दिनेछौँ ।’

केहि समय आन्तरिक समस्याका कारण बन्द रहेको बिईगं ह्युमन नेपालको शो–रुम औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ ।

‘विभिन्न आरोह–अवरोहबिच आज हामी यहाँसम्म आईपुगेका छौँ,’ वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘नयाँ व्यवस्थापन र नयाँ उर्जाका साथ फर्किएका छौँ ।’

यसै क्रममा वस्त्र ईन्कले आफ्ना ग्राहकहरुलाई सलमान खानको फिल्म दबगं–३ देखाउन पनि लगेको थियो । ‘सलमान खानका समर्थकहरुलाई एकसाथ उनको फिल्म हेर्न हलसम्म लग्यौ,’ अर्का सञ्चालक सुरज केसीले भने, ‘यस अवसरमा हामीलाई साथ दिनुहुने सबैप्रति आभारी छौ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ