काठमाडौं, १३ पुस । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरेका छन् ।
भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकार अघि राईको जलरङ कला सयौँ ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो ।
अन्तर्राष्ट्रिय जलरङ समाज भारतले आयोजना गरेको ‘पहिलो ओलम्पियन जलरङ महोत्सव’ अन्तर्गत खुला चित्रकला प्रतियोगितामा यसरी राईले विश्वका सयौँ कलाकारलाई उछिनेर उत्कृष्ट दोस्रो बन्नु सफल भए । प्रतिष्पर्धामा झण्डै २०० कलाकार सहभागी थिए ।
यसपटक भारतमा भएको उक्त महोत्सवमा ४५ देशका झण्डै ७०० चित्र सिर्जना समावेश थिए । त्यसमा नेपालका १३ चित्रकला सहभागी थिए । कार्यक्रममा प्रत्यक्षरूपमा भने २३ देशका २५० कलाकार उपस्थित भए ।
तपाईको प्रतिक्रिया