काठमाडौं, ३२ साउन । फोब्स म्यागाजिनको ताजा सूचीअनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकारमा परेका छन् । सूचीअनुसर अक्षयकुमार छैठौमा परेका हुन् । यस सूचीअनुसार अक्षयको गएको वर्ष ३ सय ६२ करोड भारु कमाई भएको थियो ।
फिल्मफेयर वेबसाइटको अनुसार अक्ष कुमार यस समयमा ३० उत्पादक कम्पनीको विज्ञापन गरिरहेका छन्, जसमा कज्युमर प्रोडक्टसबाट लिएर लग्जरी सामान सम्ममा पर्छन् । एक रिर्पोटको अनुसार उनले एक विज्ञापनको लागि प्रतिदिन २ देखि ३ करोड भारु लिदै आएका छन् । अक्षकुमारको ब्रान्डको मूल्य ७४२ करोड रुपैयाँको वरिपरि रहेको छ ।
पछिल्लो वर्ष अक्षकुमारको पहिलो रिलीज केसरी थियो, जसले १५३ करोडको कलेक्सन घरेलु बक्स अफिसले गरेको थियो । दोस्रो फिल्म मिशन मंगल थियो, जसले २०० करोड जम्मा गरेको थियो ।
त्यसै गरी तेस्रो फिल्म हाउसफुल–४ ले २०६ करोड जम्मा गरेको थिया भने चौथो गुड न्युजले २०१ करोड रुपैयाँ संकलन गरेको थियो । यो वर्षपनि उनका चार फिल्म रिलीज हुनेवाला थियो । तर कोविड–१९ का कारण फिल्म हल बन्द भएकाले रिलीज हुन पाएका छनैैन् र केहि ओटिटी प्लेटफर्ममा लागिरहेका छन् ।
तपाईको प्रतिक्रिया