काठमाडौं, २६ माघ । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्देशक प्रकाश झाले प्रशिक्षण दिने भएका छन् ।
फेस्टिभलमा मुख्य निर्णायकका रुपमा नेपाल आउन लागेका झाले फिल्म निर्देशन सम्बन्धी प्रशिक्षण दिने भएका हुन् ।
आयोजक निफका अनुसार निर्देशक झाले फागुन ३ गते प्रशिक्षण दिनेछन् । झाले भारतमा ७ वटा राष्ट्रिय अवार्ड जितेका छन् । उनी लेखक, निर्माता तथा निर्देशकका रुपमा पनि परिचित छन् ।
यतिबेला फिल्मको शूटिङमा व्यस्त झा नेपाल आउने तयारीमा रहेको किम्फले जनाएको छ । झाले निर्देशन गरेका ‘दामुल’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ लगायतका फिल्म चर्चित छन् ।
फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको सभागृह, सर्वनाम थिएटर तथा पर्यटन बोर्डको हलमा सञ्चालन हुने फेस्टिभलमा प्रकाश झासँगै हलिउडका निर्माता, लेखकले पनि कक्षा दिनेछन् । फेस्टिभलमा ८० फिल्म प्रदर्शन हुनेछन् ।
जसमा १० अन्तर्रा्ष्ट्रिय फिचर फिल्म, ३५ सर्ट फिल्म, ५ नेपाली फिचर फिल्म, १५ नेपाली सर्ट फिल्म, ८ डकुमेन्ट्री र ६ एनिमेटेड फिल्म प्रस्तुत गरिनेछन् ।
तपाईको प्रतिक्रिया