भारतका अमिताभ बागचीलाई डिएससी पुरस्कार

कला/संस्कृति

12/17/2019

काठमाडौं, १ पुस । दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार भारतीय लेखक अमिताभ बागचीको ‘हाफ द नाइट गन’लाई प्रदान गरिएको छ ।

आठौँ नेपाल साहित्य महोत्सवमा उक्त पुरस्कार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखक अमिताभ बागचीलाई प्रदान गरे ।

पुरस्कार राशी २५ हजार अमेरिकी डलर छ । उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ