भारतका दिग्गज अभिनेता दिलीप कुमारको निधन

कला/संस्कृति

7/8/2021

काठमाडौं, २४ असार । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो ।

उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो ।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए ।

उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुगÞल ए आजÞम लगायत सफल चलचित्र हुन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ