‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन हुने

कला/संस्कृति

3/12/2020

काठमाडौं, २९ फागुन । नेपाली फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन गरिने भएको छ । शुक्रबार फिल्मले भारतमा पनि प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले जानकारी दिए । ‘नाई नभन्नु ल’ सिक्वेलमा फिल्म बनाउँदै आएका निर्देशक आचार्यले सिक्वेलबाट बाहिर निस्किएर यो फिल्म निर्माण गरेका हुन् ।

यो फिल्म भारतको दाजिर्लिङ, कालिम्पुङ, सिक्किम र सिलगुडीमा प्रदर्शन गरिने छ । त्यसपछि अन्य सहरमा पनि प्रदर्शन हुने निर्देशक आचार्यको भनाई रहेको छ ।

सिक्किमको विभिन्न स्थानमा छायाँकन भएको फिल्मले भारतमा राम्रो व्यापार गर्ने निर्देशक आचार्यको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ