भारतीय निर्देशक प्रकाश झा नेपाल आउने

कला/संस्कृति

1/18/2020

काठमाडौं, ४ माघ । काठमाडांैमा हुने ‘तेश्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा बलिउड निर्देशक प्रकाश झा आउने भएका छन् ।

‘तेश्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ फागुन १ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने छ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा ५ दिनसम्म यो महोत्सव चल्नेछ ।

महोत्सवको अवधीधर ८० वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र , ३५ लघु चलचित्र , ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको हो ।

महोत्सवमा प्रदर्शन हुनेमध्ये कथानक चलचित्रलाई बलिउड निर्देशक झा नेतृत्वको निर्णायक मण्डलले मूल्यांकन गर्नेछ ।

झालाई निर्णायक मण्डलमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडीले साथ दिनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ