काठमाडौँ, १३ पुस । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले बलिउडकी चर्चित गायिका आशा भोस्लेलाई ताम्रपत्रसहित सम्मान गरेका छन् ।
साधना कला केन्द्रले आयोजना गरेको सांगीतिक कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली कला क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई ताम्रपत्रसहित सम्मान गरेका हुन् ।
सबैभन्दा धेरै गीत गाएर सन् २०११ मा गिनिज बुकमा नाम लेखाएकी भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन् । गजमेरकै संगीतमा ‘झझल्को लिएर आयो सावन’ उनले गाएको पहिलो नेपाली गीत हो ।
६० भन्दा बढी नेपाली गीत गाएकी भोस्ले साधना कला केन्द्रको निमन्त्रणामा पुस ९ गते नेपाल आएकी हुन् ।
८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइका क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथ, पशुपतिनाथलगायतका क्षेत्रको भ्रमण पनि गरेकी छन् ।
तपाईको प्रतिक्रिया