“मधेशी पुत्र ३” को तयारीमा निराजन

कला/संस्कृति

2/1/2020

सप्तरी जिल्लाको डिवन ७ स्थायी घर भएका युवा निर्देशक निराजन मेहता निर्देशन क्षेत्रमा सफलता पाउँदै चर्चाको शिखरमा उक्लिँदै छन् ।

कलाकारिता क्षेत्रमा पहिलेदेखि नै सक्रिय भएर काम गर्दे आएको भएपनि प्लस टुसम्मको अध्ययन पूरा गरेपछि २०५८ सालमा सडक नाटकबाट औपचारिकरूपमा कलाकारितामा प्रवेश गरेका हुन् । त्यसपछि मैथिली भाषाको टेलिसिरियल रविब्रत कथामा काम गरेका थिए ।

तर आपसी विवादका कारण उक्त सिरियलको काम अगाडी बढ्न सकेन । २०६२ सालमा चलचित्र क्षेत्रमा प्रवेश गरेका मेहता भारतको सागरजित राय र सतियर्थ सिन्हासँग ड्र«ाइभर बाबुमा सहायक भएर काम गरेका थिए ।

करिब ४ वर्ष मुम्बई बसाइको क्रममा विभिन्न निर्माता, निर्देशक तथा कलाकारहरूसँग घुलमिल हुन र सिक्ने मौका पनि पाएका थिए । त्यसपछि २०६५ सालमा नेपाल फर्केपछि भिडियो फिल्म अन्धोपन निर्माण गरे र २०६६ मा भोजपुरी भाषाको फिल्म हम दिवाना हई तोहारमा मुख्य अभिनेता तथा निर्देशन पनि गरेका छन् ।

त्यसपछि मधुमाला, डि.एप्पल, लगायतका फिल्महरूमा सफलतापूर्वक निर्देशन गरिसकेका छन् । चर्चित गायक अजय अनुरागी अभिनित नेपाली फिल्म तिमिबिना मलाई जिउनु छैन समेत निर्देशन गरेका छन् ।

२०७३ को सफल मैथिली फिल्म मधेशी पुत्र को सफलता र साथीभाईबाट पाएको हौसलाकै कारण उनले “मधेशी पुत्र— २” को निर्माण गरे । जसको सम्पूर्ण प्राविधिक काम मुम्बईमा गरेका थिए ।

२०७५ सालमा जनकपुरमा आयोजना भएको प्रदेश स्तरीय चलचित्र महोत्सवमा उत्कृष्ट अभिनेताको अवार्डसमेत हातपारेका थिए भने राष्ट्रि चलचित्र पुरस्कारका लागि समेत मनोनित भएका थिए ।

देश विदेशमा समेत सुपरहिट भएका फिल्मका कारण अहिले मधेशी पुत्र ३ को निर्माणमा जुटेका छन् । चलचित्र निर्माणको इजाजत समेत पाइसकेको र गीतहरूको रेकर्डिङ्ग पनि भइसकेको कुरा निर्देशक मेहताले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ