रौतहट, २७ माघ । चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौंको चोभारमा कैद गरिएको उक्त भिडियोमा चर्चित गायिका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर सन्तपुर निवासी तराई मधेशका पहिलो पटक फिल्म स्टडीमा स्नातक गरेका कलाकार विजय यादव निर्विजले स्वर भरेका छन् ।
उक्त भोजपुरी गिति एल्वम ‘मैरेज करब’ भिडियो टिसीरीजद्वारा सार्वजनिक भएको हो ।
तराई–मधेश, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ ।
केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन् । गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ ।
केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शकबाट अत्याधिक रूचाइको थियो र यो दोस्रो पटक आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीको भनाइ छ ।
आजाद सिंहको उक्त गीतमा भोजपुरी संगितमा चर्चित संगितकार संतोष राजले संगीत गरेका छन् ।
अजय कुमारको निर्देशनमा रहेको गीतमा क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेतीले गरेका छन् भने नृत्य निर्देशक अर्जुन बीसीले गरेका छन् ।
निर्विज प्रोडक्सनका सिइओ रचना सिवाकोटी पहिलो चोटी सहायक निर्देशकको काम गरेकी छन् । गीतको प्रोडक्सन मैनेजरमा मदन श्रेष्ठ रहेका छन् ।
तपाईको प्रतिक्रिया