काठमाडौं, ३२ साउन । मधेश मूलकी नवगायिका शाान्ति सदाद्वारा स्वरबद्ध ‘यसपालिको तीजमा घुमाई देउ पशुपतिमा’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गुरुशरण सदाद्वारा रचित तथा संगिता वाईवा (तामाङ्ग) र आदित्य ठकुरीद्धारा अभिनय गरिएको उक्त म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानल मार्फत शनिबार सार्वजनिक गरिएको हो ।
महिलाको सृंगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र माया महत्व ठुलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाईदिने आग्रहमूलक प्रेमभाव देखिने उक्त गीतको म्युजिक भिडियोलाई सन्तोष गुरुङ्गले निर्देशन गरेका हुन् ।
सिराहा गोलबाजरकी मैथिली भाषाबाट गित संगितको यात्रा सुरुवात गरेकी शान्ति सदाले पहिलोपल्ट द भ्वाईस अफ नेपालको सिजन २ को मञ्चबाट मैथिली भाषाको गीत गाएर मैथिली तथा नेपाली समाजको मन जितेकी थिइ्न् ।
साधारण मजदुर जिवनयापन गर्ने घरपरिबार तथा सासुआमाको निरन्तर सहयोगबाट गीत संगितको यात्रालाई निरन्तरता दिएकी शान्ति सदाले तराईबाट तिजको गीत लिएर नेपाली गीत संगित क्षेत्रमा समिश्रण गराएको प्रतिक्रिया दिइन् ।
महिलाहरुको ठुलो पर्व मानिने तिजको अवसरमा गाउने गरिने तिजको हजारौं गितहरु मध्ये आफुले पनि यस वर्ष तीजको गीतलाई सार्वजानिक गर्न पाउदा खुशि ब्यक्त गरिन् ।
लोक तथा काठे भाकामा सृजित उक्त गीतलाई राकेश ओलीले संगित संयोजन गरेका छन् । गीतका भाव र गायिकी अत्यन्त राम्रो रहेको भन्दै उहाले गित उत्कृष्ट हुनेमा विस्वसत रहेको बताइन् ।
म्युजिक भिडियोका निर्देशक सन्तोष गुरुङ्गले म्युजिक भिडियो अत्यन्त राम्रो रहेको प्रतिक्रिया दिए । उनले यस गितलाई थोरै कमेडी सहितको मिश्रणबाट राम्रो भिडियो बनाईको बताए ।
सवरी संकल्प समाज गोलबजारको ब्यबस्थापनमा तयार गरिएको उक्तमा गीतमा इच्छा सदा, हिरालामा, कोपिला थामी, करुणा लामा, सविना लामा, मकिता बस्नेत सुरता विष्ट सरोवर र सन्तोष कार्की लगायतका कलाकारहरु सहभागी भएका छन् ।
तपाईको प्रतिक्रिया