शिशिर योगीको नयाँ गीत – भ्रस्टाचारीको भीडमा सदाचारी हराए

कला/संस्कृति

2/7/2021

काठमाडौं, २५ माघ । भूपेन्द्र खत्रीको शब्द र संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका हुन् । विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको यस गीतमा इतिहासदेखि वर्तमानसम्मको नेपालको बिडम्बनापूर्ण राजनीतिक यर्थाथलाई उतारिएको छ ।

किरण कडेंलले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

यस गीतको रेकर्डिङ तथा मिक्सिङ शम्भू तन्डुकारले गरेका छन् भने हेमन्त कान्छाले सारङ्गी रेटेका छन् । केशव अधिकारीले छायाँकन गरेको भिडियोलाई गोपाल कडेंलले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ