सात समुद्र पारी मनाइयो महापर्व छठ

कला/संस्कृति

11/12/2019

काठमाडौं, २६ कार्तिक । सात समुद्र पारी अमेरिकाको हाड जमाउने जाडोमा लोक आस्थाको महापर्व छठ मनाइएको छ ।

यो लोकपर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्युयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरूद्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजना गरेका थिए ।

“नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म विभिन्न पूजाआजा गरेर मनाइएको हो ।

२ नोवेम्बर का दिन “सँझिया घाट” को विधि अस्ताउँदै सूर्यलाई र ३ नोवेम्बेर बिहानका दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भएको थियो ।

अमेरिका, नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत विश्वभरि छठ पर्वमा आस्था राख्ने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छठ व्रती सिम्रौनगढ निवासी निर्मला सिंह र रौतहट निवासी फुला देवी पोखरीमा गएर सूर्य देवतालाई अर्घ्य दिएका थिए । हाड जमाउने जाडोका बीच पनि करीब २०० जनाले सूर्य भगवानको दर्शन गरेका थिए ।

विश्वमा नेपाली मधेशी संस्कृति र कला पहिचानको संवद्र्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, र छठ पर्वका संजोयक प्रशान्त साहको अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो ।

विभिन्न कार्यक्रम मार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेशमा हरसंभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिका सधैँ साथ रहीरहने कुराको जानकारी विजय चंद्रले गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ