सलमानको जन्मदिनमा नेपालको बिइङ ह्युमनको बिशेष अफर

कला/संस्कृति

12/24/2019

काठमाडौं, ८ पुस । बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई लक्षित गरेर बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ ।

सलमानद्वारा सञ्चालित बिइङ्ग ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिइङ्ग ह्युमन क्लोथिङले स्किम सार्वजनिक गरेको हो ।

स्किमअन्तर्गत बिइङ्ग ह्युमन ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिनको अवसरमा अर्थात डिसेम्बर २७ (पुष ११ गते) का दिन सलमानको फिल्म दबंग–३ को एउटा टिकट र ‘बिइङ्ग दबंग’ लेखिएको टि–सर्ट उपहार पाउने छन् ।

बिइङ्ग ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार डिसेम्बर २७ का लागि एउटा सिनेमा हल नै बुक भइसकेको छ ।

त्यस दिन सलमानको जन्मदिनको अवसरमा सामुहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उनले जानकारी दिए । त्यस दिन १ सय भन्दा बढी अग्रिम बुकिङ भइसकेको ई–साईकल समेत सार्वजनिक हुनेछ ।

बिइङ्ग ह्युमन फाउण्डेसनले बिइङ्ग ह्युमन ब्राण्डका सामग्रीहरु बिक्री गरेवापत हुने आम्दानीको एउटा निश्चित हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ