काठमाडौं, २५ माघ । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’ द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ ।
साहित्य बाटिका नेपाल तथा मुक्तिनाथ दर्शन समाज नेपालले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं शिक्षा सचिव गोपीनाथ मैनालीले उक्त खण्डकाव्यको विमाचन गरेका हुन् ।
गौराङ्ग खण्डकाव्य प्रचारबाट टाढा रहेका गौराङ्गबाबाका विषयमा लेखिएको कृति हो ।
सोही कार्यक्रममै प्रमुख अतिथि मैनालीले मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको समुद्घाटनसमेत गरे ।
कार्यक्रममा मिना सिग्देल उप्रेतीद्वारा स्थापना गरिएको ‘शेरबहादुर कान्छी उप्रेती’ स्मृति पत्रकारिता पुरस्कार पत्रकार तथा सर्जक तुलसी हरि कोइरालालाई ११ हजार १ सय ११ नगदसहित प्रदान गरिएको थियो ।
कार्यक्रममा समालोचक युवाराज मैनाली, प्रा.डा. अर्जुनदेव भट्ट, डा. खेम कोइराला ‘बन्धु’ कला निधि दाहाललागायतले कति र कृतिकारका वारेमा चर्चा गरेका थिए ।
कार्यक्रमको सयोजन बलराम दाहाल र भैरवी भुगोलले गरेका थिए ।
तपाईको प्रतिक्रिया