नयाँ दिल्ली । भारत सरकारले जनताको मागअनुसार दूरदर्शन च्यानलबाट शनिबारदेखि रामायण सिरियल प्रशारण गर्न लागेका छन् ।
भारतका केन्द्रीय मन्त्री प्रकाश जावेन्करले जनताकै मागअनुसार दूरदर्शन च्यानलबाट रामायण सिरियल प्रशारण हुने जानकारी दिएका छन् ।
पहिलो एपिसोड शनिबार बिहान स्थानीय समयअनुसार ९ बजे र दोस्रो एपिसोड शनिबार बेलुकी ९ बजे प्रशारण हुनेछ ।
दूरदर्शनमा पहिलोपटक रामायणको प्रशारण २५ जनवरी १९८७ मा सुरु भएको थियो र अन्तिम एपिशोड ३१ जुलाई १९८८ मा प्रशारण भएको थियो ।
तपाईको प्रतिक्रिया