अनुभवी पेजेन्ट निर्देशकले कार्यक्रमको सफलताको ग्यारेन्टी गर्छ : निशु झा 

निशुकान्त झा, पेजेन्ट निर्देशक तथा महासचिब, ब्युटी पेजेन्ट असोसीएसन अफ नेपाल

कला/संस्कृति

नेपाली ब्युटी पेजेन्ट जगतमा निशुकान्त झा, पेजेन्ट आयोजक तथा पेजेन्ट निर्देशकहरुमध्ये अग्रपंक्ति पर्नु हुन्छ । उहाँले आफ्नो संस्था रिवन इन्टरटेनमेन्टबाट वार्षिक ५ वटा उत्कृष्ट पेजेन्टहरुको आयोजना गर्दै आइरहनु भएको छ । मिसेस नेपाल इन्टरनेसनल, मिस्टर एंड मिस एस.ई.ई अफ द ईयर, नेपाल्स सुपरमोडल कन्टेस्ट, मिस टिन अफ द ईयर, फेस अफ द ईयर लगायतका उत्कृष्ट कार्यक्रमको आयोजन, व्यवस्थापन तथा निर्देशन गरेको कारणले गर्दा वहाँलाई अरु संस्थाले पनि पेजेन्ट निर्देशकको रुपमा जिम्मेदारी सुम्पिने गर्दछन । आफ्नो संस्था रिबन लगायत  अरु संस्थाको पेजेन्टमा निर्देशकीय जिम्मेबारी निर्वाह गर्दै आइ रहनु भएका झा वार्षिक झन्डै २० वटा कार्यक्रममा आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गर्नुहुन्छ ।  ब्युटी पेजेन्ट क्षेत्रलाई निकै नजिकबाट नियाल्दै यस संग सम्बन्धित ज्ञाता, पेजेन्ट आयोजक तथा पेजेन्ट निर्देशक निशु कान्त झा, सम्पूर्ण ब्युटी पेजेन्ट क्षेत्रमा आवद्ध व्यक्ति तथा संघ – संस्थाको साझा चौतारी, ब्युटी पेजेन्ट असोसीएसन अफ नेपाल ( द्यएब्ल् ) का  महासचिब पनि हुनुहुन्छ ।  प्रस्तुत छ यसै क्षेत्रसँग सम्बन्धित विशेष कुराकानीको अंशः

० यति बेला के गर्दै हुनुहुन्छ ?

— पछिल्लो वर्ष कोरोनाको कारणले हाम्रो पेजेन्ट क्षेत्रको लागि एकदमै गार्हो थियो । नेपालका साथै विश्व मंचमा पनि धेरै ठुला साना कार्यक्रमहरु स्थगित हुन पुगे तर अब बिस्तारै सुरक्षाको मापदण्ड अपनाई पेजेन्टहरुको आयोजना हुदै गईरहेको देख्दै छु ।  छिट्टै नै नेपालमा पनि लक डाउन पूर्ण रुपले अन्त्य हुन साथ हामी पनि आफ्नो सबैभन्दा ठुलो कार्यक्रम मिसेस नेपाल वर्ल्ड को अडिसनको घोषणा गर्दै छौ । अहिले त्यसैको तयारीमा छु ।

० मिसेस नेपाल वर्ल्ड कस्तो कार्यक्रम हो ? यसमा को सहभागी हुन सक्नुहुन्छ ?

— मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरुको लागि आयोजना हुने नेपालको सबै भन्दा ठुलो कार्यक्रम हो । पहिले हामीले यो कार्यक्रम मिसेस नेपाल इन्टरनेसनलको नामले आयोजना गर्ने गरेका थियौ । यस वर्ष देखि रिबन इन्टरटेनमेन्टले मिसेस वर्ल्डको पनि आधिकारिक फ्रेन्चाईज लिएर आफ्नो कार्यक्रमलाई अझै भव्य र हाम्रो कार्यक्रमका विजेताले विवाहित महिलाको लागी विश्वको सबैभन्दा ठुलो मंचमा सहभागिता जनाउन पाउनु हुनेछ भनी उदेश्यका  साथ संचालन गर्दैछौ। यसपालिको मिसेस वर्ल्डमा नेपालको सहभागिता संगै नेपालीले पहिलो छोटी मिसेस वर्ल्डमा हाम्रो देशको झण्डा फहराउनेछिन । यसमा कम्तिमा एस.ई.ई. उतिर्ण २० वर्ष पुरा भएको विवाहित नेपाली महिलाहरुले सहभागिता जनाउन सक्नु हुनेछ । उचाई र तौलको कुनै मापदण्ड छैन ।

० कुनै पेजेन्टमा निशु झा लाईनै पेजेन्टको निर्देशकको रूपमा लिनाले के फाइदा हुन्छ ?

— जब म पेजेन्टको निर्देशकको रूपमा नियुक्त हुन्छु, मेरो यस क्षेत्रको लामो अनुभव र दक्षताले मेरो भूमिकालाई पेशागत तथा व्यवशायिक रुपमा आफ्नो उत्कृष्ट योगदान दिई उक्त कार्यक्रमलाई एक भव्य शोमा परिणत गर्ने आयोजकलाई आश्वस्त पार्दछु । पेजेन्ट निर्देशक नै कुनै पनि पेजेन्टको नेतृत्वकर्ता हुन्छन त्यसैले उनीहरुले तयार पारेको ढाँचा अनुसार यसमा सम्बन्धित सम्पूर्णले टिमले आ–आफ्नो काम गरेका हुन्छन । त्यसैले एक राम्रो अनुभवी पेजेन्ट निर्देशक कार्यक्रमको सफलताको लागी निकै लाभदायक हुन सक्छन जसले गर्दा उक्त शोले व्यावसायिक सफलता पाउने गर्दछ। यदि तपाईंसँग अनुभवी टिम र सहयोगी हातहरू छन् भने कार्यक्रमले प्रायोजकहरू पाउन सजिलो हुन्छ र यसका साथै उक्त पेजेन्ट एक सफल पेजेन्ट बन्दछ ।

० हामीकहाँ हुने व्युटी प्याजेन्ट प्रतियोगिताहरू किन विवाद रहित हुन नसकेका होलान ?

— मेरो बिचारमा धेरै यस्ता प्रतियोगिता हरु छन् जसमा सबै कुरा एकदम निष्पक्ष रुपमा प्रक्रियागत तरिकाले विजेताको चयन गरिएको हुन्छ तर पनि उक्त कार्यक्रममा कहिले काँही धान्धलिको आरोप लागेको हुन्छ । कहिलेकाहीं निर्णायक मण्डल र प्रतियोगीको तथा दर्शकहरुको एकै प्रश्नको उत्तर प्रति विभिन्न द्रिष्टिकोन या बैचारिक मत भिन्नता हुन सक्छ त्यसमा निर्णय लिने पूर्ण अधिकार त निर्णायक मण्डलको भएकोले दर्शक तथा प्रतियोगी बाट बिरोधको स्वर आउन सक्छ किनकि हाम्रो बैचारिक मतभिन्नता हुन साथ हामी गलत भयो भन्ने गरेका छौ त्यस्तो समयमा हामीले अनुभवी र योग्य निर्णायक मण्डलको मुल्यांकन लाई सम्मान गर्नु पर्ने हुन्छ ।

० कोरोनले ब्युटी पेजेन्ट क्षेत्रलाई कतिको असर पारेको छ ?

— अहिलेसम्म हामीले सौन्दर्य प्रतियोगिताहरु दर्शकको प्रत्यक्ष्य उपस्थितिमा गराउदै आईरहेका थियौ । प्रत्यक्ष दर्शक माझ यस्ता कार्यक्रमको आयोजनालाई सरकारले पूर्ण रुपमा निषेध गरेको हुनाले बिगत १३ महिनादेखि यस्ता कार्यक्रमको आयोजना हुन गार्हो छ र यस क्षेत्र संग सबन्धित पेजेन्ट आयोजक, पेजेन्ट निर्देशक, पेजेन्ट कोरियोग्राफर, हलका कर्मचारी, फेसन डिजाइनर, मेक–अप आर्टिस्ट, स्टेज, लाईट –साउण्ड सेवा प्रदायक, भोटिंग सेवा प्रदायक, सुरक्षा सेवा प्रदायक कम्पनीहरु, होटल्स लगायत अन्य धेरै व्यक्तिहरुलाई  कोरोनाको कहरले निकै नै असर परेको छ ।  धेरैको रोजगारी गएको छ र ति व्यक्ति तथा सम्बन्धित क्षेत्रका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खान पनि धौ–धौ को अवस्था छ । अहिलेको समयमा कोरोनाले ब्युटी पेजेन्ट क्षेत्र तथा समस्त इभेन्ट क्षेत्रलाई थला पारेको छ । हामी छिट्टै नै सावधानीका र यसको समाधानका साथ ब्युटी पेजेन्टहरु सुचारु गर्दैछौ जसले गर्दा यस पेशामा आश्रितहरुले पलायन हुन न परोस ।

० अहिले लकडाउनको समयमा के कुनै ब्युटी पेजेन्ट आयोजना गर्न सम्भव छ ? र यसका लागि के–कस्ता पहल हुँदै छ ?  

— कोरोनाले ब्रेक लागेको यो क्षेत्रलाई अघि बढाऊनको लागि हामी अहिले आफ्नो सदस्यहरुमाझ विभिन्न सामाजिक संजाल तथा अनलाईनको मीटिंग प्ल्याटफर्मलाई  प्रयोग गरेर एक–आपसमा सवन्मयात्मक कार्यक्रमहरु चलाउँदै छौ । हामी सबै सदस्यहरु अनलाईन माध्यमबाट अडिसन सम्पन्न गरेर अनलाईन ट्रेनिङ्ग मार्फत कार्यक्रमलाई सुचारु गर्ने योजनामा छौ र स्टुडियोमा निश्चित व्यक्तिहरुको संलग्नतामा र उहाँहरुको स्वास्थ्य जाँच गरि हाम्रा ब्युटी पेजेन्टको फाइनल कार्यक्रम गर्न सक्छौ । द्यएब्ल् ले यस्को लागी आफ्नो सम्पूर्ण सदस्यहरु माँझ सवन्मयात्मक भूमिका निर्वाह गर्दैछ र त्यसका लागि चाहिने आवश्यक जनशक्ती तथा प्रविधिक सहयोग गर्दैछ ।

० अहिले कोरोनको कहरमा तपाईले आम जनता र ब्युटी पेजेन्टमा आश्रित परिवारहरुलाई के कस्तो सहयोग गर्दै हुनुहुन्छ ?

— अहिले कोरोनाले आक्रान्त पारेको वर्तमान समयमा हामी आ–आफ्नो स्थानबाट व्यक्तिगत वा सामुहिक रूपमा अहिले हामीमा आश्रित विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई राहत स्वरूप नगद तथा खाद्यान्न सहयोग प्रदान गरेका छौं । मैले पनि सामुहिक तथा व्यक्तिगत रूपमा आफ्नो सामाजिक उतरदायित्व तथा समाजसेवालाई विशेष प्राथमिकतामा राख्दै आफ्नो तर्फबाट हरेक सम्भव सहयोग पुर्याएको छु । हामीले स्थानीय सहयोग लिएर पिडित तथा आर्थिक रूपमा बिपन्न परिवारको पहिचान गरी उहाँहरुलाई खाद्यान्न तथा नगद सहयोग पुर्याएको छौं । यसैगरी लकडाउनको समयमा हामीले सुरक्षाकर्मीहरु तथा बटुवाहरुलाई पनि मास्क तथा स्यानीटाईजर पानीका साथै खाजाहरु प्रदान गरेका थियौं ।

० आगामी दिनमा कस्ता कार्ययोजनाहरु छन् ?

— सम्पूर्ण ब्युटी पेजेन्टसंग सम्बन्धित व्यक्ति तथा संस्थाहरुको साझा चौतारी ब्युटी पेजेन्ट असोसिएसन अफ नेपाल ले स्थिति सामान्य हुन साथ आफ्नो कार्यक्रमको गतिशिलतालाई अघि बढाउदै लानेछ ।  हामीले छिट्टै नै आफ्ना सबै सदस्यहरुलाई अभिमुखीकरण गर्ने तथा समय सापेक्षिक कार्यक्रम संचालनको ट्रेनीङ्ग प्रदान गर्दैछौ। सम्पूर्ण ब्युटी पेजेन्टहरुको बर्गिकरण गर्ने जसले गर्दा आगामी दिनमा सहभागी र आम जान समुदायलाई आफ्नो रोजाई अनुसारको प्रतियोगिताहरुमा सहभागी हुन सजिलो हुनेछ। बर्गिकरण गरिएको प्रतियोगितामा कोहि सहभागीले आफु कुनै कार्यक्रममा सहभागी हुँदा त्यसमा ठगीएको तितो अनुभव गर्न पाउदैनन किनकि त्यस प्रतियोगितको वर्गिकरण अनुसार आयोजकले सहभागीलाई विभिन्न सेवा सुविधा, मंच र अवसर प्रदान गर्नेछन । आगामी दिनमा हामी सम्पूर्ण ब्युटी पेजेन्ट क्षेत्रमा काम गर्ने व्यक्तिको लागि हामी स्वास्थ्य बिमाको पनि व्यवस्था गर्दैछौ ।

— प्रस्तुती : कमल मण्डल

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ