मैथिली गीत, संगीत, सिनेमा र साहित्यको चर्चा हुदाँ सप्तरीको नाम अगाडी आउँछ । सप्तरीमा घर–घरमा कलाकार छन् र गीत संगीत पढने, अनुभव गर्नेको संख्या पनि धेरै छन् । त्यसमा पनि गीत लेखन विधा धेरै नै महत्वपूर्ण विषय हो । आज हामी चर्चा गर्दैछोै एकजना युवा गीतकार जसले मैथिली गीत संगीतको क्षेत्रमा छोटो समयमा पहिचान बनाउने र सबैको प्रिय गीतकार बन्न सफल सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १, भारदह स्थायी घर भएका युवा गीतकार सुरज झा सुमनको चर्चा सबैतिर हुने गरेको छ । सुपरडुपर हिट गीतका गीतकार झा २०७२ सालमा पहिलो चोटी रेकर्ड गराएर सांगीतिक क्षेत्रमा पाइला टेकेका झा अहिले सुपरहिट गीत दिन सफल भएका छन् । स्थानीय रेडियो माध्यमहरुमा दिनैभरि गुञ्जिरहने गीतका गीतकार झासँग मैथिली गीत संगीतको विषयमा भएको कुराकानीको संक्षिप्त अंशः
० तपाईको चर्चित गीतहरु कुन–कुन हो ?
— धरै छन् जस्तैः जबसे देखलोै आहाँके, कोशीके छाउमे, चेहेरा छुपाक एलोै, पिया काँचे छै उमरीया, इजोरीया के चाँन सन, कि एहन वात अहाँके, मोैशम सुहाना,
० मैथिली गीतकारको रुपमा कसरी आउनुभयो कलाकारीता क्षेत्रमा ?
— मेरो लागि मैथिली कला क्षेत्रमा लागने प्रेरणा बिरेन्द्र झा र कमाल तोहर ओढनी एल्वम हो । हजारांै पटक सुनेको छु । जति सुन्दै गयो उति गीत भित्र हराउँदै गएको अवस्था थियो । मैथिली सुपर स्टार तथा मिथिला रत्न गायक बिरेन्द्र झा मलाई जवरजस्ती लेपख्न लगाउनु हुन्थ्यो सुरुवाती दिनमा ।
० अहिलेसम्म कतिवटा र कुन कुन भाषामा गीत लेख्नु भयो ?
— मैथिली बाहेक भोजपुरी र नेपाली भाषामा पनि रेकर्ड भएको छ ।
० मैथिली गीत संगीतको बजारको अवस्था कस्तो छ ?
— संरक्षण नभएसम्म बजार बन्न सक्दैन । मैथिली को संरक्षण जरुरी छ । जस्तै, गीत घरघरके नाम अनुसार काम भएको छ । संस्कृतिसँग जोडीएर गीत नबनेसम्म अगाडी बढन सक्दैन ।
० अहीलेसम्म कुन–कुन गायक–गायिकाको लागि गीत लेख्नु भएको छ ?
— उदय नारायण झा, बिरेन्द्र झा, सन्नु कुमार, भागवत मण्डल, सरोज संत, दिपक शर्मा, उतम झा, ज्योति विश्वकर्मा, अंजु यादव लगायतका नाम चलेका सबै गायक गायीका सँग काम गरी सकेको छु । अश्लील र बेसुर गायकलाई गीत दिन बन्द गरेको छु । सुरुका दिनमा अश्लील र बेसुरको बारेमा थाहा थिएन । अब जानी–जानी यस्तो गल्ती नगर्नु भनेर अरुलाई पनि सम्झाउँदै छु ।
० अश्लील गीत बजारमा कसरी रोकिन्छ ?
— सबभन्दा पहिले अश्लील गायकलाई कारबाही हुनुपर्छ । गीतमा पनि प्रतिबन्ध लगाउनु पर्छ । मिडीयाबाट पनि प्रसारणमा रोक लगाउनु पर्छ । गाउने र बजाउनेलाई पनि सजाय हुनुपर्छ ।
० प्यारोडी गीतको बारेमा के भन्नु हुन्छ ?
— घर–घरमा प्यारोडी गीत चल्छ । कुनै गायकले कसैलाई आफ्नो आइडल मान्यो भने उसकै गीत स्टेजमा गाउँछ । प्यारोडी ठूलो कुरा होइन । प्यारोडीभन्दा खतरनाक अश्लील गीत हो । यसले समाजलाई बिगार्ने काम गरेको छ ।
० कतिवटा गीत रेकर्ड भएको छ ?
— दुई सय वटा जति गीत रेकर्ड भइसकेका छन् ।
० गीत कसरी लेख्नु हुन्छ ?
— गीत लेख्नु सजिलो छैन । शव्दमा डुव्नु पर्छ । हराउनु पर्छ । जस्तै प्रेम गीतमा काल्पनिक भएपनि पे्रम गर्नुपर्छ । शब्दको चयन पनि धेरै अर्थ राख्छ । गीत लेख्ने मान्छेलाई तालको ज्ञान हुनै पर्छ । कुन गीत कुन गायकलाई दिने हो ? कसको आवाजमा कुन गीत सुहाउँछ । यी सबै कुराको ज्ञान गीतकारमा छ भने अरुको भर पर्नु पर्देन ।
प्रस्तुती : कमल मण्डल
तपाईको प्रतिक्रिया