जनकपुरधाम, १ असोज । विजया लक्ष्मी मिडिया फाउण्डेशनको आयोजनामा आज असोज १ गतेदेखि धनुषाको सपहीमा तेस्रो मिथिला लोक सांस्कृतिक महोत्सव एवं चलचित्र दिवसको भव्य आयोजना गरिएको छ ।
यस महोत्सवमा मिथिला संस्कृति लोप हुने अवस्थामा पुगेको कला संस्कृति झल्किने झाँकी प्रस्तुत गर्नुका साथै मैथिली कला क्षेत्रमा निरन्तर योगदान पु¥याउनुहुने विभिन्न विधाका श्रष्टाहरुलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको कुरा संस्थाको निर्देशक संतोष लाल दासले जानकारी दिएका छन् ।
कार्यक्रममा चलचित्र विकास एवं लोक सञ्चार बोर्ड प्रदेश न. २ का अध्यक्ष धर्मेन्द्र मोरबैता, सप्तरीका चर्चित हास्य कलाकार तथा निर्देशक जीवछ दास, सुप्रसिद्ध हाँस्य कलाकार रामनारायण ठाकुर, चर्चित गायिका रश्मी रानीको समेत सहभागिता रहने यस कार्यक्रममा साहित्यकार एवं दहेज मुक्त मिथिलाका अभियन्ता प्रविण नारायण चोैधरी, नेपाली चलचित्रका निर्देशक यादव भटराई, ऋद्धिसद्धि सिमेन्ट एवं सौर्य सिमेन्टका ब्रान्ड मयानेजर अनुज महत लगायतका महानुभावहरुले मिथिला लोककला र चलचित्रको दशा, दिशा एवं दुर्दशाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
मिथिलामा लोप हुँदै गइरहेको कला संस्कृति र युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति उत्तरदायी बनाउन हाम्रो अभियान निरन्तर जारी रहने कुरा फाउण्डेशनका निर्देशक दासले जानकारी दिएका छन् ।
यस महोत्सवमा सम्पूर्ण कलाअनुरागीलाई कार्यक्रममा सहभागी भएर सफल बनाउन पनि अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया