बलिउड नायक सुनील सेट्टी नेपाली चलचित्रमा अभिनय गर्ने

कला/संस्कृति

काठमाडौं, ४ कार्तिक । बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।

सुनील सेट्टीसँगको तस्बिर पोष्ट गर्दै निर्देशक भट्टले नेपालमा सेट्टीलाई स्वागत छ भनेका छन् । चलचित्रमा उनको भूमिका कस्तो हुने छ त्यो भने निर्देशक भट्टले प्रष्ट पारेका छैनन् । 

उक्त चलचित्रमा अनमोल केसी, सौगात मल्ल, अनुपविक्रम शाही, प्रियंका कार्कीलगायतले काम गर्ने छन् । ‘एक्स–९’ एक्सन थ्रिलर चलचित्र हुने बताइएको छ । उनले यो चलचित्रलाई नेपालकै ठूलो एक्सन थ्रिलर चलचित्र भनेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ